६-जेठ /  हरेक वर्ष जेठ ७ गते चलचित्र पत्रकार संघ नेपालल साथै विभिन्न जिल्लामा गठित शाखाहरुले चलचित्र पत्रकारीता दिवस मनाउदै आएका छन् ।

जसमा दाङ जिल्लामा रहेको चलचित्र पत्रकार संघ नेपालको शाखाले पनि हरेक वर्ष चलचित्र पत्रकारीता दिवस मनाउदै आएको छ । यस वर्ष पनि शाखाले विभिन्न कार्यक्रमको आयोजना गरी चलचित्र पत्रकारीता दिवस मनाउन लागेको छ । यसै सन्दर्भमा केन्द्रित रहेर हामिले संघका शाखा अध्यक्ष डि.आर.एन.संग केहि कुराकानी गरेका छौ ।

चलचित्र पत्रकारीता दिवस कहिलेदेखि मनाउन थालियो ? यसको महत्व के छ ?
खासगरी नेपालमा रहेका थुपै्र चलचित्र पत्रकारहरुको हकहितका लागि आवाज उठाउने,उनीहरुलाई पेशाप्रति आकर्षित गर्ने त्यस्तो कुनै दिन थिएन र वि.सं २०५९ सालतिर चलचित्र पत्रकार संघ नेपालका निर्वतमान अध्यक्ष तथा वरिष्ठ चलचित्र पत्रकार आदरणिय दाजु शान्ति प्रिय को अग्रसरतामा अव देखि हामिलेपनि चलचित्र पत्रकारहरुका लागि एउटा दिनलाई विशेष वनाउनुपर्छ भनेर उहाँले आवाज उठाउनुभएको थियो ।

त्यसपश्चात नेपालमा पनि अन्य विभिन्न दिवसहरु जस्तै चलचित्र पत्रकारहरुका लागि एउटा खास दिनको सुरुवात गरियो जुन दिन भनेको जेष्ठ ७ गते थियो ।

 



ADVERTISEMENT

  


 


यसै दिनलाई आधार मानेर नेपालमा चलचित्र पत्रकारीता दिवस मनाउन थालियो जुन दिवस भनेको हामि चलचित्र पत्रकारीता गरिरहेको व्यक्तिहरुका लागि एउटा उत्सव नै हो । यो उत्सव हाम्रा लागि अतिनै महत्वपूर्ण भएकाले हामिले पनि दाङमो हरेक वर्ष यसलाई विभिन्न कार्यक्रम गर्दै मनाउदै आएका छौ ।

यो वर्ष के–के कार्यक्रम गरी दिवस मनाउदै हुनुहुन्छ ?
हामिले यो वर्ष जेठ ७ गते दुई वटा विभिन्न कार्यक्रम राखेर दिवस मनाउने तयारी गरेका छौ । जसअन्तर्गत पहिलो कार्यक्रम हाम्रो जेठ ७ गते दिउसो १२ बजेदेखि तुलसीपुर स्थित रिर्पोर्टस क्लवको भवनमा दाङ जिल्लाका सिनेमा हलहरुको अवस्था,चुनौति र व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छौ ।

जसमा जिल्लाका विभिन्न सिनेमाहलहरुका संचालक,म्यानेजरहरु,व्यवसायी,पत्रकार र कलाकारहरुको उपस्थिती रहनेछ । खासगरी हामिले दाङका सिनेमा हलहरुको अवस्था दर्दनाक पाएको र दर्शकहरुले पनि सिनेमा हल नै व्यवस्थित नभएकाले हलमा जान मन नलाग्ने गुनासो गरिरहने भएकाले हामिले केहि परीवर्तन गर्न सक्छौ कि भनेर यो कार्यक्रम राखेका छौ ।

र अर्को दोस्रो कार्यक्रम भनेको सोहि दिन वेलुका ५ वजेदेखि अरनिको मैदान तुलसीपुरमा जिल्लाका कलकार र पत्रकार विच मैपिपूर्ण खसीकप फुटवल प्रतियोगीताको आयोजना गरेका छौ जसले जिल्लाका कलकार र पत्रकार विच आपसी सद्भाव र मित्रता बढाृउन महत्वूर्ण भूमिका निर्वाह गर्ने छ भन्ने आशा लिएका छौ ।

कार्यक्रमको तयारी के कस्तो गरीरहनु भएको छ ?
कार्यक्रमको तयारी व्यापक बनाएका छौ । सबैलाई चिठि पठाएका छौ । फोन गरेका छौ । खेलकुदको लागि तीन जना साथिहरुले जिम्मा लिनुभएको छ । जसमा सन्तोष केसी,शिव पुन र लक्ष्मण वस्नेत को टिम खटिरहेको छ ।

साथै कलाकारको तर्फबाट मनोज लामिछने,सन्दिप भुषाल लगायतको टिम सक्रिय भएर लाग्नुभएको छ । लगभग सबै तयारी पुरा भएको जानकारी गराउन चाहान्छु ।

तपाईहरुको यो कार्यक्रमले हलको अवस्थालाई सुधार्नेमा कतिको विश्वस्त हुनुहुन्छ ?
म लगायत हाम्रो सम्पूर्ण टिम पूर्ण रुपमा विश्वस्त छौ । हामि लाग्दैनौ र यदि लाग्यौ भने हामि सफलता प्राप्त गर्ने कुरामा सदैव ढुक्क हुन्छौ ।

तसर्थ पूर्णरुपमा अव दाङमा सिनेमा हलहरुमा व्यापक परीवर्तण आउछ भनेर त भन्न सक्दैनौ तर आजभोलि जुन अवस्था छ त्यसमा केहि न केहि सुधार भने पक्कै हुने छ भन्ने हामिले आशा लिएका छौ ।

 अन्त्यमा के भन्नुहुन्छ ?
सबैभन्दा पहिला यो लोकप्रिय मिडिया तुलसीपुर अन्लाईनलाई धन्यवाद दिन चाहान्छु । हाम्रा केहि कुरा राख्ने अवसर दिनुभयो । साथै चलचित्र पत्रकारीता दिवसलाई हामि सबै मिलेर भव्य रुपमा सम्पन्न गरौ ।

सबैले आआफनो स्थानबाट सहयोग गर्नुहुनेछ भन्ने आशा लिएको छु । साथै भोलिको कार्यक्रममा उपस्थितीका लागि सबैलाई अनुरोध गर्दछु । धन्यवाद ।

प्रतिकृया

प्रतिकृया