प्रि

मान्छे यो याद भन्ने चिज पनि मनको इरेजरले जति नै घोटे पनि मेटिदैन रहेछ । हरबखत झल्झली आइरहने । जति नै विर्सन्छु भन्यो उति नै बल्झाउँछ यो यादले पनि । बर्षै भईसक्यो तिमी मबाट अलगीएर छुट्टै संसारमा रमाउन थालेको पनि तर यी यादले गर्दा केही दिनअघि मात्र हो की भने झै गराउँछ । अनि फेरी पुराना यादहरुलाई पल्टाएर हेर्छु अनि त्यही यादमा रमाउने गर्छु । तिमि मबाट टाढा भएको कारण त थाहा छैन तर पनि के कुरामा विश्वास गर्छु भने तिमी मबाट टाढिनु पक्कै पनि यो पैसा भन्ने चिजले टढाएको हुनुपर्छ ।

 तिमीले यति गर्दा पनि म एउटा भ्रममा परिरहेको रहेछु । त्यो के भने तिमी पैसालाई माया गर्दी रहेछौं, म भने आफैले आफूलाई भाग्यमानी ठान्दो रहेछु उनी जस्ती पाएँ भनेर । एउटा कुरा के याद राख भने पैसाले गरेको प्रेम पैसा रहुन्जेलसम्म मात्र अगाडी बढ्छ । मसँग कसैलाई किन्न सक्ने पैसा नभएनी कसैलाई किन्नेभन्दा बढी मन थियो । जुन तिमीले देख्न सकेनौं । अझ भनौं भित्रतीर त तिमीले खोज तलास नै गर्न भ्याएनौं बाहिर जे देखौं त्यसैमा रमाउन थाल्यौं । मेरो मनलाई बुझ्न पनि चाहेनौं । खासमा भन्ने हो भन्ने अधिकांश मानिसहरुभित्र नपुग्दै बाहिरबाट हेरेर ठिक चिन्हमा हस्ताक्षर गर्दछन् । 

मैले भन्न खोजेको के भने धेरै जसो मानिसहरु कसैलाई सुरुमा देखेर नै मन पराई हाल्दछन् । उसको बानी, व्यवहार कस्तो छ के छ ? भन्ने त बुझ्नै चाहदैनन् । यदी कसैलाई देख्ने वित्तिकै मन पराउनु भने त स्वार्थबाट प्रेमको उत्पत्ति हुनु हो । हो, तिमीले नै त्यही स्वार्थको बाटो अपनायौं । मेरो मन हेरेर आएकी फेरी कसैको धन देखेर पाईला मोडिहाल्यौं । तर याद राख त्यो पाईला धेरै टाढासम्म नपुग्दैमा बिचमा ठेस लाग्न सक्छ । यो संसारमा पैसा नै ठूलो शक्ति रहेछ भन्ने तिमिबाटै नै मैले सिकेको हम् । धन छैन भने यो मनको खास्सै काम नहुँदो रहेछ । 

मन शरिरभित्र लुकेर होला मानिसहरु मनलाई भन्दा धनलाई नै बढी प्राथमिकता दिने । प्रिय मान्छे, मेरो मनभन्दा पहिले अरुको धन नै देखौं । जुनदिन दोबाटोमा एक्लै छाडेकी थियौं नी त्यो दिन सबैभन्दा बढी रोए अझ भनौं कोक्याईकोक्याई रोए । 

कहिले तिमीलाई सम्झेर रोए त कहिले तिमीले गरेका झुटा बाँचा सम्झि रोए । यी आँसु बर्खेमास खोलामा पानी बगे झै बगीरहे रोकिनै मानेनन् । अझ मैले रोक्न नै सकेन । यी आँसु पनि त्यति कै कहाँ बग्दा रहेछन् त । मनको आगोले औधी नै पोलेपछि आँखाभरि डम्म भएर त्यही आँखाले थाम्न नसक्दा परेलीको ढक्कन जोडसँग लडाई लडेर बरबर्ती बग्दो रहेछ । मेरा आँखाबाट पनि यसरी नै बगेँ । जसरी यी आँसु सुक्दैनन् त्यसरी नै तिम्रा याद मबाट हटेर जाँदैनन् । धनको महलमा बस्नेलाई यो मनको झुप्रोमा कसरी बस्न सक्थ्यौ     र ? 

अनगन्ती सपनाको बाटो देखाएर त्यही बाटोमा सँगैसँगै हिड्ने सपना केवल सपनामा मै सिमित रह्यो । अन्त त एक्लै हिड्नु पर्ने बाध्यताको घेरामा परँे । सपना देखाएर पूरा गर्ने आँट समेत गरेनौं । कुनै दिन म पनि त धन कमाउला नी । कसो कमाउन नसकिएला र ? अनि त तिमी जस्तै सुखी जीवन विताउन नसकेनी सुखीसँग बस्न सकुला नि ? धन भन्ने त हातमा बल हुनेहरु सबैले कमाउन सक्छन् ।
–facebook/meghrajzz.dangi

     

प्रतिकृया

प्रतिकृया