अमृत पन्थी
हाम्रो घर परिवार समाजमा भूत भय,डर र त्रासको कारक मानिन्छ । परापूर्व कालदेखिनै मानिस यही त्रासको अनुशरण गरेको पाइन्छ । त्यस समयमा कार्य शिलशिलामा कतै लामो दूरिको यात्रा गर्दा होस या कुनै कार्य गर्दा एक्कासी भयवित हुने मानशिक सन्तुलनमा असहजता उत्पन्न हुने, रिंगाटा लाग्ने, बेहोस हुनेलगायतका क्रियाकलाप देखा पर्नुलाई भूतले समातेको भन्ने बुझिन्थ्यो ।

परापूर्व कालमा हाम्रा बाजे जिजुबाजे तथा पुराना पुस्ताहरु घरायसी कामकाजका अत्यावश्यक सामाग्री : नुन,मट्टितेललगायतका सामग्री खरिद गर्न धेरै दिनको पैदल यात्रा गरेर जानुपर्दथ्यो । त्यस यात्राको क्रममा कहिल्यै भोकै बस्नुपर्ने, सुनसान बनमा यात्रा गर्नुपर्ने, रातको समयमा चिसो तथा पानीबाट बच्न र निद्रा सयन आरामको निम्ति चट्टानको गुफा तथा वरपिपल आदि घना बृक्षका कोप्चेराहरु सहारा बन्ने गर्थे । त्यस्ता स्थानमा रात्री सुप्त अवस्थाको समयमा प्रशस्त अक्सिजनको मात्रा पूरा गर्न नसकी हाम्रो इन्द्रिय सञ्चालनमा बाधा पुग्दथ्यो र मानिस अर्धचेत, अर्धमृत वा मृत अवस्थामा फेला पर्दथे ।

जसलाई समाजले भूतले गुफामा लग्यो, रुखको कोप्चेरामा लगेर मा¥यो भन्ने सन्देश फैलाउथ्यो, तर त्यसको कारण त्यसो नभई घना वरपिपल जस्ता बृक्षहरुले रात्रीको समयमा आफ्नो खानाबनाउन सहज बनाउन अक्सिजन दिनुको साटो लिने र त्यसको काप्चामा रहेको मानबलाई प्रसस्त अक्सिजनको मात्रा नपुगि स्वासप्रस्वास रक्तसन्चार तथा ज्ञानेन्द्रिय सञ्चालनमा बाधा हुने त्यसैगरी गुफाहरुमा बास बस्दा पनि आफ्नो शिरानीको पूर्वोत्तर दिशा नमिल्नु र वायूको गतिले प्रत्यक्ष प्रभाव पार्न नसक्नाले र शारिरिक सन्तुलन खल्बलाउन पुग्दछ । त्यसैले बिद्वानजन आजकालपनि रात्रीकालिन समयमा सयन् गर्दा आफ्नो सिरानीको पूर्वोत्तर दिशा मिलान गर्ने गर्दछन् ।

निद्राको समयमा ऐठन हुने सास रोकिने समस्या हुदैन त्यसैगरि समाजमा भुतप्रेत खोल्साखाल्सी चिहानघर र दाहसंस्कार घाटमा हुन्छ त्यहा राति भूत हिड्छ भन्ने प्रचलन पनि छ, तर त्यसो नभई मानिस जलाएपछि एक किसिमको ग्यास निस्कने र रात्रीकालिन अध्यारो समयमा त्यो ग्यास अन्य वायुमण्डलिय ग्यासहरुसंग प्रतिक्रिया गर्दा साधारण प्रकाश उत्पन्न हुने गर्दछ । त्यसैगरि खोल्साहरुमा बाँसको झ्याङ् आदिमा पातपतिङ्गर जीबावशेषहरु कुहिएर निस्किएको ग्यास मानव श्वासप्रस्वास प्रतिरोधात्मक तथा मस्तिष्कमा दख्खल पु¥याउने खालको हुन्छ यसलाई मानिस भूतको संज्ञा दिने गर्दछ ।

वायूमण्डलमा भूत प्रेतको संदर्भमा शुक्लयजुर्वेद, भृगुसंहिता तथा अन्य शास्त्रीय ज्योतिषिय ग्रन्थ अनुसार यस ब्रह्माण्डमा अवरोध वा छायाँ कारक २ ग्रहहरु छन् ः राहु र केतु । जुन अन्य ग्रहहरु जसरी घुमिरहेका हुन्छन् । जसले अन्य ग्रहलाई बेलाबखतमा आफ्नो छत्रछायाँमा राखेका हुन्छन्, र तिनै ग्रहको प्रभाव रहेको मानवमा त्यस समयमा प्रेतात्माहरुको भय श्रीजना हुने गर्दछ । जसलाई तुलशी डाठको खरानी लगायत अन्य वैििद्धक शुत्रद्वारा झारफुक गरेपछि निको हुन्छ । जसको उदाहरण श्रीमद्भागवत महापुराणमा श्रीकृष्णलाई विभिन्न बाधा अवरोध नआउन र सामना गर्नसक्ने शक्ति होस् भनेर नन्दबाबाले यज्ञादी कर्म गरेको पाईन्छ ।

भने बोक्सी हाम्रो समाजको कुसंस्कृती रुढिवादी अपहेलित ब्याबहार मानिन्छ । कुनैपनि ब्यक्ति स्त्री वा नारीमा बोक्सि तत्व नहुने विभिन्न धार्मिक बिद्वानहरुको कथनद्वारा सुन्न सकिन्छ । समाजमा जो मान्छे गरिब उत्पिडित अशक्त अपहेलित छ जो अत्यन्तै अप्ठ्यारो परिस्थितिमा आफ्नो जीवन दैनिकि गुजारिरहेको छ । त्यही ब्यक्ति वा नारी प्रति विभिन्न लाल्छाना लगाई बोक्सी मानिन्छ । जुन प्रबृत्ती धार्मिक सामाजिक कुनैपनि दृष्टिकोणबाट उचित र न्यायमूलक मानिदैन र त्यस्तो अमानवीय ब्यवहारको प्रतिफल कालान्तरमा कुनै न कुनै क्षेत्रबाट स्वयं उपरमा बज्रपात स्वरुप आइलागि हठात भागेदार हुनुपर्दछ ।

( लेखक भारतीय विश्वविद्यालय प्रथम बनि राष्ट्रिय स्वर्णपदकबाट बिभूषित भएका ब्यक्ति हुन् ।)

प्रतिकृया

प्रतिकृया