बबि बस्नेत

किराको विवरण :

सलह एउटा अति नै हानिकारक र बालीनाली पुरै क्षती गर्ने फट्यांग्रा कीरा हो । यिनीहरु समूह (स्वार्म) बनाएर लामो दूरी पार गर्न सक्छन् र एकै पटक पुरै खेती बाली नष्ट गर्न सक्छन् । यो अर्थोपटेरा अडरमा पर्ने किरा हो।सलह किरा अफ्रिकाबाट सन् २००३ मा उत्पत्ती भएको मानिन्छ । यो निकै नै पुरानो प्रवासी शत्रुजीव हो । अन्टार्क्टिका र उत्तर अमेरिका बाहेक सबै जसो महादेशमायसले बिपत्ती फैलिएको पाइएको छ । सलह किराहरु धेरै प्रजातीहरुका छन् जस्तै ।

१.अस्ट्रेलियामा फैलिएको सलहलाई( Australian Plague Locust)

२. अमेरिकामा फैलिएको सलह (American Locust)

३.मरुभुमिको सलह ( Schistocera gregaria ) जुन अहिले पनि धेरै ठाउँहरुमा फैलिएर बिनाश फैलाइरहेको छ।

सलह किराको सङ्ख्या सुरुमा कम हुने गर्दछ । तर लगातार वर्षाको कारण उक्त ठाउँ चिस्सिएर( अण्डाबाट निस्किन उपक्यु्तवातावरण) सलह किराको प्रजजन् दर ( Breeding Rate ) बढेको पाइन्छ । हरेक पटकको प्रजननमा यो किरा २० फोल्ड सम्म सङ्गसङ्गै नयाँ पुस्ता २० गुना ठूलो हुने र यस किराको बाँच्ने दर समेत ३(५ महिना जति हुने गर्दछ जुन वातावरणमा धेरै भर पर्छ । उमेर सङै पछाडीको खुट्टामा स्पर्श उत्तेजनाको कारणले गर्दा सेरोटोनिन हर्मोनको मात्रा बढेर सलह किराको रङ्ग, आहारा र प्रजजन् मा फरकपना आउँदछ ।

२०(४० दिन सम्मका किरालाइ होपर भनिन्छ र यसका पेखेटा पनि आइसकेका हुदैनन् । यो किरालाइ नियन्त्रण गर्ने उपयुक्त समय मानिन्छ र यसको रङ हरियो हुन्छ। त्यस पछि हरियो देखि खैरो र गुलाबि हुदै पहेलो रङको हुन्छन जुन अवस्थामा यसको नियन्त्रण लगभग असम्भव छ। यी किराहरु समुह बनाएर झुण्ड रुप लिई बसाइँसराइ गर्न थाल्दछन् । किराहरु धेरै जसो सुस्त गतिमा हावा चलेको दिशा र कम चाप हुने ठाउँमा उड्ने गर्दछन् । झुण्डमा स-साना पखेटाबिहिन निम्फहरु र बलिया वयस्कहरु पनि हुने गर्दछन् ।

यी सबै मिलेर बालीनालीलाई नष्ट पार्दछन् । सामान्यतया एउटा सलह किराले आफ्नो वजन बराबरको (करिब २ ग्राम) खाना खान सक्छ । यिनीहरुको एउटै स्वार्मले १२०० वर्ग किमी भन्दा धेरै क्षेत्र ओगट्छ । प्रति वर्ग किमीमा ४० देखि ८० मिलियन (४ देखि ८ करोड) सम्म सलहहरु रहन्छन् । एक वर्षमै २ देखि ५ पुस्ताहरु उत्पादन गर्न सक्ने सलह एकै दिनमा १०० देखि २०० किमी भन्दा लामो दूरी तय गरेर समुन्द्र सतह देखि २००० मिटर जति माथि उड्न सक्छन् ।

अहिलेको अवस्थार चुनौती

अफ्रिका, मध्य अफ्रिकी देश र मध्य पूर्व एसिया हुँदै पाकिस्तानबाट यो कीराहरुको हुल अहिले छिमेकी भारतको उतराखण्डमा देखा परेका समाचार आईरहेका छन् ।

कोभिड १९ महामारीबाट खाद्य संकटको जोखिम बढिरहेका बेला अचानक आएका सलाहका बथान थप चुनौती बन्न पुगेका छन् । यी कीराहरु ४ करोडको झुण्डमा उड्ने गर्छन् । पछिल्लो समय भारतमा लाखौँ हेक्टर जमिनमा बाली नष्ट पार्दै घरआँगनमा समेत यी कीरा व्याप्त देखिएका छन् ।

यस्ता कीराले कसरी बाली नष्ट पारिरहेका छन् भन्ने दृश्य र भिडिओ समेत सामाजिक सञ्जालमा भाइरल बनेका छन् । भारतमा देखिएको यो समस्याप्रति विश्व खाद्य कृषि संगठन लगायत कृषि सम्बन्त्री निकायले चासो र चिन्ता देखाएका छन् ।

विज्ञहरु यस समस्याबाट कसरी मुक्त हुने उपायको खोजीमा छन् । अघिल्लो वर्ष साउदी अरब र यमनका भूभागमा यस्तै सलहको प्रकोपले खाद्य संकट नै पैदा भएको थियो । यसपटक भारतमा ठूलो संख्यामा रहेका किसानको अन्नबाली नष्ट गर्न थालेका छन् । यसअघि पाकिस्तानमा पनि यसको प्रकोप बढेपछि त्यहाँ राष्ट्रिय संकट घोषणा गरिएको थियो ।

अहिले भारतका उत्तरी क्षेत्रमा यस्ता कीराले बाली नष्ट गरिरहँदा नेपालतर्फ बढ्न सक्ने चिन्ता विज्ञहरुको छ । नेपालको समिा नजिकै पर्ने जयपुरमा यसको असर देखिएपछि नेपालतर्फ पनि यी कीरा पुग्नसक्ने बताइएको छ । त्यसो त, झण्डै २५ वर्षअघि नेपालमा पनि यस्तै प्रकृतिका सलहले बाली नष्ट गरेको बताइन्छ ।

नियन्त्रणका उपायहरु

यस किराको प्रकोप निर्मुलरुपमा समाधान गर्ने अवस्था अहिले छैन। नेपाल लगायत विभिन्न विश्वका शक्तिशाली राष्ट्रहरु पनि यसको रोकथामका उपायहरु अपनाई रहेको अवस्था छ। सार्क रास्ट्र पाकिस्तानमा पनि हालसालै यसको नियन्त्रणमा कठिनाई भएपछि चीनबाट हाँसहरु ल्याएको पनि समाचार आएका थिए तर त्यो विधि प्रभावकारी हुन नसकेको भन्ने छ ।सलह किराको प्रकोपलाई कम गर्नको लागि विभिन्न पहल हरु भईरहेका छन् रत्यी मध्य केही उपायहरु यसप्रकार छन्स्

बिसादि रहित उपायहरु

१. ठुलो आवाजको ध्वनी निकाल्ने यन्त्रको प्रयोग गरेर किराहरुलाई भगाउने।

२.किराको संख्या नियन्त्रण गर्न किराले प्रजजन् गर्ने सक्ने ठाउँलाई कुनै रसायन या घरेलु विधिबाट नष्ट गर्न सकिन्छ ।

३. धुवा निकालेर, विभिन्न प्रकारका जालो,पासोको प्रयोगबाट छोप्ने, खाडल बनाएर हाल्ने जस्ता क्रियाकलाप बाट पनि केही हदसम्म यस किराको प्रकोपलाई कम गर्न सकिन्छ ।

४. जैविक विषादि प्रयोग गर्ने साथै जैविक विधि अपनाउने।

५.विभिन्न सर्भेहरु जस्तै जी.पी.एस ( GPS), जीआईएस (न्क्ष्क्) को माध्यमबाट यस सम्बन्धि डाटाहरु संकलन गर्ने र सम्भावित प्रभाव क्षेत्रहरु पहिचान गर्ने ।

रासायनिक उपायहरु

बिसादिको प्रयोगले बाताबरण र प्रकृतिमा प्रतिकुल असर देखिने भएकाले सकेसम्म रासायनिक बिसादीको उचित र उपोयोगी ढ्ङले प्रयोग गर्नु पर्दछ। भारतमा यसको नियन्त्रणमा मालाथिएनको प्रयोग गरेको पाइएको छ भने, पाकिस्तानमा डाइजिनन र फिप्रोनिल साथै अफ्रिकामा गृीन मसल भन्ने बिषाधिको प्रयोग सब भन्दा सफल देखिन्छ। विभिन्न उपकरणहरुको माध्यमबाट थोरै मात्रामा (ULV form) अर्गानोफोस्फेट रसायनहरुको प्रयोग गर्न सकिन्छ ।

त्यस्तै प्रकोप फलिएको ठाउँमा हावाई जहाज,ड्रोनको प्रयोग गरेर बिसादि छिट्न पनि सकिन्छ। छेमिकीरास्ट्र भारतमा र नेपालको जयपुरलगायतका ठाँउका आसपासमा यस्को प्रकोप देखिएको हुनाले नेपालसरकारले यस्मा थप ध्यानदिन जरुरी छ । विभिन्न जिल्लामा रहेका कृषीज्ञान केन्द्र,सेवाकेन्द्र,स्थानीय तहसङ समन्वय गरियसको नियन्त्रणमा लाग्न थप जरुरि देखिन्छ ।

लेखक  ( वालीसंरक्षणअधिकृत, कृषी ज्ञान केन्द्रसोलुखुम्बु ) हुन् ।

प्रतिकृया

प्रतिकृया