काठमाण्डौँ
११ साउन / कोरोना संक्रमणको जोखिम कम गर्न सरकारले गत वर्ष चैत ११ गते जारी गरेको लकडाउन अझसम्म पूर्ण रूपमा खुला भइसकेको छैन। चैत ६ बाट संचालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) कोरोना संक्रमण फैलने त्रास भएको भन्दै सबै तयारी पूरा भएको अवस्थामा चैत ५ गते साँझमा मात्र स्थगित भएको थियो । त्यसपछि विद्यालय खुल्न सकेका छैनन् । संक्रमणको जोखिम रहेको भन्दै सरकारले लकडाउन पूर्ण रूपमा खुला गरेको निर्णय नगरुन्जेल विद्यालयमा नियमित रूपमा कक्षा संचालन हुन सकेको छैन ।

सरकारले चरणबद्ध रूपमा लकडाउन खुला गर्दै जाने नीति लिएको छ । यही अनुरूप करिब १ सय १० दिन बन्द भएको सार्वजनिक सवारी साधन पनि चल्न थालेका छन् । तर विद्यालय कहिले र कसरी खुलाउने भन्नेबारे सरकारले निर्णय गरिसकेको छैन । कोभिड–१९ संक्रमणको खतरा टरिनसकेको अवस्थामा विद्यालय संचालन गर्नुपरे सुरक्षाका उपाय अवलम्बन गर्न विश्व स्वास्थ्य संगठनले जोड दिएको छ ।

के वयस्क व्यक्तिका तुलनामा विद्यालय उमेरका बालबालिका कोभिड–१९ को कम जोखिममा हुन्छन् ?
वयस्क व्यक्तिका तुलनामा बालबालिकामा कोभिड–१९ को संक्रमण कम देखिएको र संक्रमित बालबालिकामा पनि सामान्य खालका लक्षण मात्र बढी देखिएका छन् । विश्व स्वास्थ्य संगठनलाई रिपोर्ट गरिएको तथ्यांकअनुसार कूल संक्रमितमध्ये १ देखि ३ प्रतिशत बालबालिका र १८ वर्षभन्दा कम उमेरका किशोरकिशोरी छन् । तर यही उमेर समूहका व्यक्तिको जनसंख्या विश्वको कूल जनसंख्याको २९ प्रतिशत छ ।

बालबालिकामा कोभिड–१९ को संक्रमण कम देखिएपनि विद्यालय तथा समुदायमा उनीहरूको सम्पर्क धेरै मानिससँग हुने संभावना हुन्छ । कोभिड–१९ ले बालबालिकामा कतिसम्म जोखिम पु¥याउन सक्छ र यो उमेर समूहका मानिसमा कसरी संक्रमण हुन्छ भनेर थप अध्ययनहरू भइरहेका छन् ।

१. कोभिड–१९ को संक्रमणमा बालबालिकाको भूमिका कस्तो हुन्छ ?
कोभिड–१९ को संक्रमणमा बालबालिकाको यस्तै भूमिका हुन्छ भनेर अझसम्म पनि पूर्ण जानकारी पाइसकिएको छैन । केही बालबालिका र विद्यालयमा यसको संक्रमण फैलिएको रिपोर्ट प्राप्त भएका छन् । तैपनि विद्यालयमा फैलिएको संक्रमणमा निकै कम संख्यामा मात्र शिक्षक तथा कर्मचारी संक्रमित भएकाले शैक्षिक संस्थामा यसको संक्रमण फैलने क्रम सीमित मात्र रहला भन्न अपेक्षा गर्न सकिन्छ ।

साधारणतया, सामान्य बिरामी हुने र लक्षणसमेत कम देखिने भएकाले सबै संक्रमित बालबालिकाको रिपोर्ट नभएको पनि हुन सक्छ। बालबालिकामा भन्दा किशोरकिशोरीमा यसको संक्रमण बढी हुन सक्ने एक अध्ययनले देखाएको थियो । विद्यालय खोल्दा समुदायमा कोरोना संक्रमण फैलने संभावना धेरै बढी नदेखिने केही प्रतिनिधिमूलक अध्ययनले देखाएका पनि छन् । तर यो विषयमा पूर्ण आइसकेको भने छैन ।

शैक्षिक संस्थाभित्र र बाहिर संक्रमण फैलाउन बालबालिकाको कस्तो भूमिका हुन्छ भन्ने विषयमा पनि अध्ययनहरू भइरहेकै छन् । सम्बन्धित देशका सरकारले शैक्षिक संस्थामा कोभिड–१९ संक्रमणको अध्ययन गर्न प्रयोगमा ल्याउन सकून् भनेर विश्व स्वास्थ्य संगठनले विश्वभरका वैज्ञानिकहरूसँग सहकार्य गरी प्रोटोकल बनाइरहेको छ। यसलाई अन्तिम रूप दिएपछि चाँडै नै विश्व स्वास्थ्य संगठनले प्रकाशन गर्नेछ ।

२. दम, मधुमेह र मोटोपनाजस्ता अन्तर्निहित स्वास्थ्य समस्या भएका बालबालिकालाई विद्यालय पठाउनु कति चुनौतीपूर्ण हुन्छ ?
बालबालिकालाई विद्यालय पठाउने वा नपठाउने भन्ने विषयमा विभिन्न विषयलाई विभिन्न पक्षले निर्धारण गरेको हुन्छ । बालबालिकाको स्वास्थ्य अवस्था, समुदायमा कोभिड–१९ संक्रमणको दर र संक्रमण रोक्न विद्यालय तथा समुदायले लागू गरेका सुरक्षा उपाय मुख्य पक्ष हुन् । हालसम्मका प्रमाणहरूले वयस्क व्यक्तिका तुलनामा बालबालिकामा कोरोना संक्रमण कम हुने देखाएपनि विशेष सावधानी अपनाएर मात्र विद्यालय पठाउनुपर्छ ।
श्वासप्रश्वासको समस्या, मोटोपना, मधुमेह र क्यान्सरजस्ता अन्तर्निहित स्वास्थ्य समस्या भएका व्यक्तिमा अन्य मानिसका तुलनामा गम्भीर स्वास्थ्य समस्या हुने र मृत्युसमेत हुन सक्ने बढी जोखिम हुने प्रमाणहरूले देखाएका छन्। यस्ता समस्या भएका बालबालिकाका हकका पनि जोखिम बढी हुने हुन्छ नै तैपनि यसबारे अध्ययन भइरहेकाले यसै भन्न सक्ने अवस्था छैन ।

३. अन्तर्निहित स्वास्थ्य समस्या भएका (अन्डरलाइङ हेल्थ कन्डिसनका) शिक्षक तथा कर्मचारीले विद्यालय जानु कति जोखिमपूर्ण हुन्छ ?
अन्तर्निहित स्वास्थ्य समस्या भएका ६० वर्षभन्दा बढी उमेरका व्यक्ति गम्भीर बिरामी हुन सक्ने र मृत्युसमेत हुने जोखिम बढी हुन्छ । यस्ता व्यक्ति शैक्षिक संस्थाको वातावरणमा प्रवेश गर्ने वा नगर्ने भन्ने कुरा चाहिँ व्यक्तिपिच्छे नै फरक पर्छ। तर यसरी शैक्षिक वातावरणमा प्रवेश गर्ने व्यक्तिले रोगको स्थानीय अवस्थाका साथै सुरक्षा उपकरणको प्रयोगमा सावधानी अपनाएर संक्रमण फैलाउने क्रमलाई रोक्न सकिन्छ ।

४. बालबालिकाको शरीरमा भाइरस प्रवेश भइसकेपछि कति समयसम्म निष्क्रिय रहन्छ ?
वयस्क व्यक्तिजस्तै बालबालिकाको शरीरमा पनि भाइरस प्रवेश भइसकेपछि निष्क्रिय हुने अवधि समान नै हुन्छ । शरीरमा भाइरस प्रवेश गरेको पाँचरछ दिनदेखि लक्षण देखिन सुरु हुन सक्छ। तर यो अवस्था व्यक्तिअनुसार फरकफरक हुने भएकाले १ देखि १४ दिनसम्म रहन पनि सक्छ ।

विद्यालय खोल्दा के फाइदा हन्छ ?
विद्यालय खोल्दा निम्न फाइदा हुन्छ
– कक्षा पूरा गर्न र माथिल्लो तहमा अध्ययन गर्न बाटो खुल्छ ।
– आवश्यक सेवा, पोषणमा पहुँच, बाल कल्याणजस्ता विषयले बाल हिंसा न्यूनीकरणमा सहयोग पुग्छ ।
– सामाजिक तथा मनोवैज्ञानिक रूपमा सकारात्मक असर पुग्छ ।
– आफू र अरूलाई कसरी सुरक्षित राख्ने भन्ने बारे विश्वसनीय जानकारीमा पहुँच पुग्छ ।
– विद्यालय छोड्ने वा विद्यालय नै नफर्कने जोखिम कम गर्छ ।
– अभिभावकलाई काममा जान सजिलो हुन्छ ।

५.विद्यालय खोल्दा सुरक्षा र रोग नियन्त्रणका कस्ता उपाय अपनाउनु पर्छ ?
विद्यालयमा बालबालिका तथा शिक्षक र कर्मचारीको सुरक्षाको प्रत्याभूति गराउन आवश्यकता र कार्ययोजनाका विषयमा पुनर्विचार गर्नुपर्ने हुन्छ । पूर्व प्राथमिक विद्यालय, उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्था, आवासीय विद्यालय र विशेष विद्यालयमा विशेष व्यवस्था गर्नुपर्ने हुन्छ। विश्व स्वास्थ्य संगठनका सिफारिस निम्नलिखित छन् ।

नीति, अभ्यास र पूर्वाधार
उच्च जोखिममा रहेन व्यक्तिलगायत विद्यालयमा प्रवेश गर्ने सबैको स्वास्थ्य तथा सुरक्षाको ग्यारेन्टी गर्ने गरी आवश्यक स्रोत, नीति तथा पूर्वाधारको व्यवस्था गर्नुपर्छ ।

व्यवहारिक पक्ष
स्वास्थ्य सुरक्षाका उपायबारे बुझ्न र त्यसलाई पालना गर्न विद्यार्थीको उमेर र क्षमतालाई विचार गर्नुपर्छ । सानो उमेर समूहका विद्यार्थीले शारीरिक दूरी कायम गर्न र मास्कको सही प्रयोग नगर्न सक्छन्। उनीहरूको अवस्थालाई सम्मान गर्दै यी उपाय अपनाउन प्रोत्साहन गर्नुपर्छ ।

स्वास्थ्य सुरक्षा
विद्यालय बन्द गर्ने र खुलाउने कुरामा बालबालिकाको स्वास्थ्य तथा सुरक्षाले असर पार्न सक्छ । विद्यालय ल्याउने र घर पु¥याउने जस्ता बेलामा जोखिममा भएका बालबालिकाप्रति विशेष ध्यान दिनुपर्छ ।

सरसफाइ तथा दैनिक अभ्यास
हातको सरसफाइ र वातावरणीय सरसफाइमा पनि विशेष ध्यान दिन जरुरी हुन्छ । विद्यालयका शिक्षकरकर्मचारी तथा विद्यार्थीलाई दिइने तालिम, सरसफाइको दैनिक कार्यतालिका, हातको सरसफाइ गर्ने व्यवस्था र राष्ट्रिय तथा स्थानीय स्तरका सरकारले जारी गरेको सुरक्षाका उपायका साथै मास्कको सही प्रयोगका विषयमा पनि विद्यालयले विशेष विचार गर्नुपर्छ ।

बिरामी शिक्षक, विद्यार्थी र कर्मचारीको हेरचाह
अस्वस्थ भएको अवस्थामा घरमा नै बस्न विद्यालयले प्रोत्साहन गर्नुपर्छ । स्वस्थ तथा अस्वस्थ भएको प्रमाणित गर्न डाक्टरको प्रेस्क्रिप्सन नै चाहिने अवस्था भने सिर्जना गर्नु हुँदैन । स्थानीय परिवेशअनुसार विद्यालय जाने वा नजाने भन्ने निर्धारण गर्न विद्यार्थीरअभिभावकरकर्मचारीले चेकलिस्ट बनाउन सक्छन् । यसका साथै विद्यालय आउने बेला स्क्रिनिङ गर्न पनि सकिन्छ ।

विद्यार्थी र अभिवाभावकसँग सम्पर्क
विद्यालय र स्थानीय प्रशासनले लागू गरेको स्वास्थ्य तथा सुरक्षाका उपायबारे विद्यार्थी तथा अभिभावकलाई विद्यालयले सुसूचित गराउनुपर्छ । यसले विद्यालयलाई सहयोग र समर्थन समेत प्राप्त हुन्छ ।

थप कार्यक्रम
विद्यालय खाजा (पोषण) कार्यक्रम, मानसिक स्वास्थ्य, मनोसामाजिक सहयोगलगायतका आवश्यक सेवासुविधाको निरन्तरता वा विस्तार गर्नुपर्छ ।

शारीरिक दूरी
विद्यालय परिसर र कक्षाकोठामा व्यक्ति–व्यक्तिबीच कम्तीमा १ मिटर दूरी कायम हुने वातावरण सिर्जना गरी लागू गर्नुपर्छ। कक्षामा विद्यार्थीको बसाइ, टिफिन टाइमको बसाइमा कम्तीमा १ मिटर दुरी कायम हुनुपर्छ । कक्षाकोठामा पर्याप्त भेन्टिलेसनको व्यवस्था गर्नुपर्ने हुन्छ ।

दूर शिक्षा
रेडियो तथा टेलिभिजनमार्फत् प्रसारण गर्ने र निरन्तर फलोअप गर्नाले पनि संक्रमणकालीन अवस्थामा सहयोग गर्न सक्छ ।

६. विद्यालय आउँदाजाँदा हुने जोखिम कसरी व्यवस्थापन गर्ने ?
विद्यालयका आउँदाजाँदा हुने अनावश्यक भेटघाट कम गर्न निम्नानुसारका विधि अपनाउन सकिन्छ ।
– विद्यालयको बस वा अन्य यातायातका साधनमा यात्रा गर्दा स्थानीय सरकारको नीतिअनुसार हातको सरसफाई, शारीरिक दूरी कायम गर्ने र     सही तरिकाले मास्क लगाउने ।
– विद्यालय आउँदाजाँदा अपनाउनु पर्ने सुरक्षाका उपायबारे सबैलाई जानकारी गराउने । सार्वजनिक सवारी साधनमा यात्रा गर्दा अपनाउनुपर्ने   मापदण्डबारेसमेत सचेत गराउने ।
– एक सिटमा एक बालबालिका मात्र राख्ने व्यवस्था गर्ने । सवारीमा यात्रा गर्दा सकेसम्म कम्तीमा पनि एक मिटरको दूरी कायम गर्ने ।
– संभव भएसम्म सुरक्षित हुने गरी विद्यार्थी आवतजावत गर्ने सवारी साधनका सबै झ्याल खुला गर्ने ।

७. के विद्यालयमा सबै विद्यार्थी र शिक्षकरकर्मचारीलाई मास्क लगाउन विश्व स्वास्थ्य संगठन सिफारिस गर्छ ? यदि गर्छ भने कस्ता मास्क बढी सुरक्षित हुन्छन् ?
मास्क लगाउने वा नलगाउने भन्ने कुरा संक्रमणको जोखिम कस्तो छ भन्ने कुराले पनि निर्धारण गर्छ । उदाहरणका लागि कोभिड–१९ का संक्रमित समुदायमा कति बढी छन् भन्ने कुरालाई पनि लिन सकिन्छ । के विद्यालयमा सबै विद्यार्थी र शिक्षकरकर्मचारीबीच कम्तीमा पनि एक मिटरको दुरी कायम गराउन सकिन्छ ? विद्यालयमा कमजोर स्वास्थ्य अवस्था भएका शिक्षक तथा विद्यार्थी छन् कि छैनन् भन्ने कुराले पनि यसलाई निर्धारण गर्छ ।

विशेषगरी शारीरिक दूरी कायम गर्न संभव नहुने र र समुदायमा संक्रमण फैलिइसकेको स्थानमा मास्क लगाउन आवश्यक हुन्छ । विद्यालयका हकमा पनि यही नै लागू हुने हो । साधारण मानिसले समुदायमा जाँदा कपडाको मास्क प्रयोग गर्न विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको छ । मास्कले अन्य व्यक्तिमा संक्रमण सर्न नदिन मद्दत गर्छ ।

धेरै कोरोना संक्रमित व्यक्तिमा कुनै पनि लक्षण नदेखिने भएकाले सबैले मास्क लगाउन आवश्यक छ । राष्ट्रिय तथा स्थानीय मापदण्डअनुसार अनुहार ढाक्ने गरी मास्क लगाउनुपर्छ । एक पटक लगाइसकेका मास्क पुनः प्रयोगमा आउने संभावना हुने भएकाले त्यसतर्फ सचेत हुँदै राम्ररी नष्ट गर्ने कुरामा पनि ध्यान दिन आवश्यक छ । स्वास्थ्य अवस्था सामान्य नभए स्वास्थ्य सेवा प्रवाह गर्ने व्यक्तिसँग तत्कालै सम्पर्क गर्नु पनि महत्वपूर्ण हुन्छ ।

८. विद्यालय खोल्दा के कस्ता विषय अध्ययनरनिरीक्षण गर्नुपर्छ ?
विद्यालय खोल्दा निम्न विषयमा ध्यान दिनुपर्छ ।
– शैक्षिक संस्थामा कोभिड(१९ संक्रमित व्यक्ति नभएको यकिन गर्नुपर्छ । यदि कुनै संक्रमित भेटिइहालेको अवस्थामा कन्ट्याक्ट ट्रेसिङलाई  विशेष ध्यान दिनुपर्छ ।
– विद्यालयमा जनस्वास्थ्य सुरक्षाका सबै मापदण्ड लागू गरिएको हुनुपर्छ ।
– विद्यार्थीको लिंग, उमेर, शारीरिक क्षमता र सामाजिक(आर्थिक अवस्थाका साथै विद्यालय छोडेका विद्यार्थीबारे पनि जानकारी लिनुपर्छ ।
– दूर शिक्षाको प्रभावकारिता
– शैक्षिक उद्देश्य र सिकाई उपलब्धिमा स्वास्थ्य नीति तथा मापदण्डले गर्न असरको मूल्यांकन
– बालबालिका, कर्मचारी, अभिवाभावक र परिवारका सदस्यमा नीति तथा सुरक्षाका मापदण्डले पारेको प्रभाव
यी विषयमा अध्ययन तथा निरीक्षण गरिसकेपछि विद्यार्थी तथा शिक्षकरकर्मचारीलाई सुरक्षित रहेको प्रत्याभूति गराउन आवश्यक थप सुधार गर्न सकिन्छ।

प्रतिकृया

प्रतिकृया