आजाद खड्का
साथीको नाममा एक सतिसाल, मर्तेदमतक साथ र सहयोग गरेर माक्सको विचारलाई माक्सवादको रुपमा विकास गर्न एक असरल सहकर्र्मीको भुमिका निभाउन सफल माक्सवादका एक प्रतिपादक फ्रेडरिक एंगेल्स एक उदाहरणीय विद्धान हुन् ।


                                                                                 ADVERTISEMENT


 


प्रारम्भिक जीवन
फ्रेडरिक एंगेल्सको जन्म २८ नोभेम्बर, १८२० मा भएको थियो भने उनको देहान्त सन् १८९५ अगस्त ५ मा भएको थियो । उनी एक जर्मन समाजशास्त्री एवं दार्शनिक थिए । एंगेल्सले १८४५मा इंग्ल्याण्डका मजदूर वर्गको स्थितिमा ‘द कंडीशन अफ वर्किंग क्लास’ नामक पुस्तक लेखेका छन् । कम्युनिष्ट आन्दोलनको समग्र मार्गनिर्देशन गर्ने कम्युनिष्ट घोषणपत्र कार्ल माक्सर््संग मिलेर १८४८मा रचना गरेका हुन् । माक्र्सको वृहद एवं अत्यन्तै महत्वपूर्ण कृति ‘पूंजी’ लेख्नलाई आर्थिक रुपले मात्र नभई वैचारिक र दार्शनिक हिसावले पनि महत्वपूर्ण योगदान गरेका छन् । माक्सको मृत्युपछि एंगेल्सले पूंजीको अर्को तेस्रो खण्डको संपादन एवं प्रकाशन समेत गरेका थिए

एंगेल्सका पिता प्रोटेस्टेट ईसाई धर्ममा गहिरो आस्था राख्ने एक धनी व्यापारी थिए । उनको लालन पनि धार्मिक स्थलभित्रै भएको थियो ।एंगेल्सका नास्तिक र क्रान्तिकारी विचारको कारण उनि परिवारबाट टाढिदै गएका थिए । एंगेल्सलाई उनकी आमाले पत्र लेख्दै भनेकी छिन कि छोरा तिमी यति धेरै टाढा गयौं कि तिमीलाई नचिनेका नजानेका मनिसहरुको दुःख र पिडामा धेरै चिन्ता छ तर आफ्नै आमाको आँशुको थोरै पनि फिक्री छैन । अहिले मलाई के वितिरहेको छ त्यो त ईश्वरलाई मात्र थाहा होला । जव मैले तिम्रो गिरफ्तारीको वारेन्ट देखे तब मेरो हात काँप्न थाल्यो । यो चिट्टि एंगेल्स बेल्जिएमको ब्रसेल्समा भुमिगत भएको बेला लेखेकि थिइन् ।

एंगेल्सलाई ब्यवहारिक बनोस भनेर उनका परिवारले ब्रेमेनका एक कार्यायलमा अवैतनिक कलर्कको नोकरीमा लगाइदिएका थिए । पिताको व्यापार समहालोस भन्ने उदेश्यसहित उनीलाई त्यहाँ व्यवस्थापन गरिएको थियो । एंगेल्सले ब्रेमेन प्रवासका वेला जर्मन दार्शनिक जर्ज विल्हेल्म हेगेलको दर्शनको अध्ययन गरेका थिए । त्यतिवेलैदेखि उनी क्रान्तिकारी बनेको थिए । उनको परिवार क्रान्तिकारी गतिविधिबाट निराश भएका थिए । धेरै युवा क्रान्तिकारीहरुको प्रेरणाका स्रोत रहेका हेगल र उनको दर्शनले धेरैलाई क्रान्तिकारी गतिविधीमा सामेल हुन प्रेरित गरेको थियो ।

एंगेल्स १८४१ मा प्रशियाको सेनामा सामेल भए । उनी त्यतिबेलादेखि बर्लिन पुगेका हुन् । बर्लिन प्रवेशसंगै उनी एउटा विश्वविद्यालयमा अध्ययन गर्न सुरु गरे भने हेगेलवादी युवाहरुको भुमिगत संगठनमा जोडिन पुगे । आफ्नो अस्तित्व गोप्य राख्दै त्यहाँका कारखानाका मजदुरहरुको बारेमा राइनीश जेतुंग नामक समाचारपत्रमा पनि धेरै लेख लेखे । त्यो वेला त्यस पत्रिकाको सम्पादक कार्लमाक्स थिए । माक्र्स एंगेल्सको पहिलो भेट बर्लिन्मा हुन गएको थियो । नेवेम्वर १८४२ मा भएको उनीहरुको भेटले एकअर्कालाई चिन्ने मौका मिल्यो ।

एंगेल्सलाई थप ब्यवहारिक हवस भन्ने उनका पिताको विश्वासले १८४८ मा २२ बर्षको उमेरमा इंग्ल्याण्डका मर्चेस्टर पठाउने काम भयो । इंग्ल्याण्ड जानेबेला एंगेल्स राइनीश जेतुंगको दफ्तर हुँदै गएका थिए । त्यहि क्रममा माक्ससंग उनको पहिलो भेट भएको थियो । त्यतिबेला माक्सले एंगेल्ससंगको भेटलाई त्यति गम्भिरतापूर्वक लिएका थिएनन । माक्सलाई लाग्दथ्यो कि उनी हेगेलवादी दर्शनसंगनै नजिक छन् । तर माक्र्स भने हेगेलको दर्शनबाट अलग भइसकेको थिए ।

मचेस्टर प्रवासका बेला एंगेल्सको एक क्रान्तिकारी बिचार बोकेकी श्रमिक महिला मैरी बर्नुस संग भएको थियो उनीसंग १९६२ सम्म साथ भएको थियो । उनको निधन हुनका दिन सम्म साथ निभएका एंगेल्सले विवाह भने गरेनन् । उनी दुबै जना औपचारिक विवाहको विरोधी थिए ।

उनी एक निष्ठतामा आधारित जीवनसाथीका साथ जीवन जीउनुपर्ने सिद्धान्तका प्रवल पक्षधर थिए । यद्यपि उनको मान्यता थियो कि विवाह राज्य र चर्चद्वारा थोपरिएको एक बाध्यकारी व्यवस्था हो ।उनकी साथी बर्नुसले एंगेल्सलाई मचेचटर र सैल्फोर्डका धेरै राम्रा क्षेत्रहरुको अवलोकन गराईन् । मचेस्टर प्रवासका बेला एंगेल्सले नोवेम्वर १८४३ का बीचा आफ्नो पहिलो आथिएक रचना आउटलाईन अफ द क्रिटीक आफ पोलिटिक्ल इकोनोमी लेखेको थिए । यो लेखलाई उनले पेरिसमा रहेका माक्र्सलाई पठाए । माक्सले यो लेखलाई डाउचे फ्रांसोइस्चे जारबखेरमा प्रकाशित गरे । एंगेल्सले कण्डीशन आफ इंग्ल्याण्ड नाम पुस्तक भाग ३ सम्म जनवरी देखी मार्च १८४४ का बिचमा प्रकाशित गरेका थिए । उनले मचेस्टरको झुग्गी बस्तीहरुको खराब हालातमा आधारित भएर लेख लेखेका हुन् । उनले खासगरी बाल मजदुरी गर्ने बच्चाहरुको बारेमा लेख लेखेका थिए । यी सबै लेखहरु माक्सलाई पठाउने काम भयो ।

माक्सले पहिले राईनिश जेतुंग र पछि डाउचे फ्रांसोइस्चे जारबखेरमा प्रकाशित गरे । यी लेखहरुलाई पछि पुस्तकको आकार दिएर ‘द कंडीशन आफ वर्किंग क्लास’ नामले प्रकाशित गरिएको. थियो । अंग्रेजी संस्शरणका रुपमा १८४५ मा प्रकाशित यो पुस्तकमा पूँजीवादको जर्जर भविष्ण र औद्योगिक क्रान्तिका विषयमा विचार प्रकट गरेका छन् । साथै इंग्ल्याण्डका जनताको वास्तकिव अवस्थाका बारेमा बयान गरिएको छ ।

पेरिस बसाई
बेलायतमा केहि बर्ष बसेपछि एंगेसले १८४४ मा जर्मनी फर्किने निर्णय गरे । फर्किदा माक्ससंग भेटघाट गर्न पेरिस गए । प्रशिया सरकारद्वारा राईनिश जेतुंगलाई मार्च १८४३ मा प्रतिवन्ध गरेसंगै माक्सपनि पेरिस गएका थिए । माक्स र एंगेल्सका बीच २८ अगस्ट १८४४ मा प्लेस डू पेलाइसमा स्थिति कैफे डे ला रेजहरुमा भेट भएको थियो । त्यति बेलादेखि उनीहरुको गहिरो सम्बन्ध विस्तार भएको थियो । त्यति बेलैदेखि पवित्र परिवार, होली फैमिली लेख्नमा माक्र्सलाई मद्दत गरेका थिए । यो पुस्तक फरवरी १८४५ मा प्रकाशित भएको थियो । यस पुस्तकमा हेगेलवादीहरु र बौअर बंधुहरुमाथिको ठूलो प्रहार थियो । एंगेल्स ६ सितम्वर १८४४ मा जर्मनी फर्किए । यसबेला उनले आफ्नो ‘द कंडिसन आफ द इंगिलस वर्किंग क्लास’का अंग्रेजी संस्करणमा काम गरे । जुन पुस्तक १९४५ मा प्रकाशित भएको थियो ।

ब्रसेल्स बसाई
फ्रान्स सरकारले ३ फरवरी १८४५ मा माक्र्सलाई देश निकाला गरेपछि उनी श्रीमती र पुत्री सहित बेल्जिइमको ब्रसेल्समा गए । एंगेल्सले जर्मन आइडोलोजी नाम पूस्तक लेखनमा माक्र्सलाई मद्दत गर्न ब्रसेल्स गए । माक्र्स एंगेल्स १८४५ देखि १८४८ सम्म ब्रसेल्समा बसे । उनीहरुले त्यहाँ मजदुरहरुलाई संगठित गर्ने काम गरे । ब्रसेल्स आउनुसंग दुवै जनामा त्यहाँको भुमिगत संगठन जर्मन कम्युनिष्ट लिग नामक भुमिगत संगठनको सदस्य समेत भए । त्यो कम्युनिष्ट लिग क्रान्तिकारीहरुको एक अन्तराष्ट्रिय संगठन थियो । धेरै यूरोपीय शहरहरुमा यसका शाखाहरु फैलिएका थिए । कम्युनिष्ट लिगले माक्र्स एंगेल्सलाई त्यसको घोषणपत्र तयार पार्ने जिम्मा दियो । जनु घोषणा पत्र १८४८ मा प्रकाशित गरिएको थियो । आज त्यो घोषणापत्र तमाम सर्वहारावर्गको एउटा बैचारिक अस्त्रको रुपमा स्थापित छ । घोषणापत्रको सार छ–सर्वहारावर्गको अगाडि गुमाउनका लागि हातमा जंजिर बाहेक अरु केहि छैन । तर, पाउनको लागि सारा संसार छ । संसारका मजदुरहरु एक हौं ।

प्रशिया फिर्ता
फ्रान्समा १८४८ मा क्रान्तिको ज्वाला दन्कियो । त्यहाँका क्रान्तिले पश्चिम यूरोपीय मुलकहरुलाई पनि लपेट्ने काम ग¥यो । माक्र्स एंगेल्सलाई आफ्नो देश फिर्ताका लागि बाध्य पा¥यो । ति दुबै जनाले कालोन नामक एक शहरमा बसेर राइनीश जेतुंग नामक अवबार सुरु गरे । १८४९ मा प्रशियाली शासकवर्गको तख्तापलतपछि यो अखबारलाई चरम दमनको सामना गर्न प¥यो । अखवारमाथि दमन मात्र गरिएन माक्र्सबाट प्रशियाको नागरिकता समेत खोसेर देश निकाला गरियो । माक्र्स पेरिस गए र उहाँदेखि लण्डन पुगे । एंगेल्स प्रशियामै वसेर कम्युनिष्ट सैन्य अधिकारी आगस्ट बिलीचको टुकडिहरुमा एक एड डे कैंपको भुमिका निभएर बसे । त्यो टुकडीले जर्मननीमा हतियारबंद संघर्षलाई निरन्तरता दिएको थियो । यो आन्दोलनलाई पुरै निस्तेज गरियो । एंगेल्सले बचेखुचेको क्रान्तिकारीहरुलाई एकत्रित गरेर स्विटजरल्याण्ड गए । एंगेल्सले एक शरनार्थीका रुपमा स्विटजरल्याण्डमा प्रबेर गरर सुरुक्षित पलायन गर्न पुगे । यो अवधिमा एंगेल्सको चिन्ताले माक्र्सलाई सताएको पाइन्छ ।

पुनः व्रिटेनमा
एंगेल्सले माक्सको दास कैपिटल लेन्ख्न आर्थिक जुटाउने उद्देश्यले आफ्नो पिताको स्वामित्वको त्यसै पुरानो कपनीमा काम गर्ने निर्णय गरे । एंगेल्सलाई यो काम गर्ने इच्छा नहुँदा पनि त्यो महान काम सफल बनाउने उद्देश्यले निरन्तर काम गरि रहे । ब्रिटिसको खुफिया पुलिस एंगेल्समा लगातार नजर रहेको थियो । उनि मैरी बर्नुसको साथमा अलग–अलग नामले छिपेर बस्ने काम गर्दथे । एंगेल्सले मिलमा काम गर्ने बेलामा समय निकालेर द पीसहरुट बार यी जर्मनी नामक पुस्तक लेखे । यसबेला त्यो समाचारपत्रहरुमा पनि निरन्तर आलेख लेखिरहेका थिए । उनले त्यो बेला अफिस कलर्कको रुपमा काम गर्न सूरु गरेका थिए । १८६४ मा मिलमा भागीदार पनि भए । तर पनि पाँच बर्षहरकापछि अध्ययनमा अधिक समय दिने उद्देश्य सहित कारोबारलाई अलबिदा दिए । एंगेल्स १८७० मा इंग्ल्याण्ड आए र आफ्नो अन्तिम दिनहरुसम्म यहीं रहे । माक्र्सको १८८३ मा निधन भयो ।

अन्तिम वर्ष
माक्सका निधनकापछि एंगेल्सले पूँजीको अधुरो कामलाई पुरागरे । पूँजी खण्ड ३ एंगेल्सले नै सम्पादन तथा प्रकाशन गरेका हुन् । त्यसैबेला एंगेल्सले परिवार निजी संपत्ति र राज्यको उत्पत्ति जस्ता विलक्षण पुस्तक लेख्ने कामगरे । यस पुस्तकमा उनले गरेको व्याख्या अनुसार नै संसारमा पारावारिक ढांचहरूमा इतिहासमा धेरै पल्ट बदलाव आका छन् । एंगेल्सको १८९५मा लण्डनमा कैंसरदेखि निधन भयो । वर्किंग शवदाह गृहमा अन्तिम संस्कार गरिएपछि तिनको अस्थिहरु बीची हेडमा समुद्रमा अर्पित गरिएको हो ।

प्रतिकृया

प्रतिकृया