श्रीराम चौधरी


                                                                                 ADVERTISEMENT

 


पृष्ठभूमी

डारु (मदिरा)लाई हिन्दु संस्कृतिमा सोम रस भन्ने गरेको पाइन्छ । हिन्दुहरुको महान ग्रन्थहरु रामायण र महाभारतमा वैदिक कालमा मनोरञ्जनका लागि देवीदेवतालेसमेत सोमरस सेवन गरेकोको कुरा उल्लेख गरेको पाइन्छ । नेपालमा प्राचिन कालदेखी नै किराँत, लिच्छवी र मल्ल राजाहरुले तिव्वत चिन र भारतसँग व्यापारिक सम्बन्ध स्थापना गरेकोले, त्यसैबेलादेखी नै नेपालमा यसको प्रयोग भित्रिएको कुरा केही इतिहासकारहरुले उल्लेख गरेको भएता पनि, नेपालमा सयौ आदीवासी जनजातीहरु बसोवास गर्दै आएको र सदियौदेखी यसको प्रयोग गर्दै आएकोले नेपालमा कसले, कहिलेदेखी मदिराको प्रयोग गर्यो भन्ने कुरा प्रष्ट छैन । काठमाडौं उपत्यकाको लेलेमा पाइएको, शिवदेव प्रथम र अंशुवर्माको पालाको सन ५२६ मा अभिलेखित शिलालेखमा मदिरालाई पनियागोस्थी भनी उल्लेख गरिएको छ । त्यस्तै गरी पशुपतिनाथको मन्दिर नजिक पाइएको सन् ४१३ को जयलम्भाद्वारा अभिलेखित शिलालेखमा कर्ण पूजामा सोमरस अनिवार्य रुपमा चढाउनुपर्ने कुरा उल्लेख गरेको छ । क्रिश्चियन पादरी इप्पोलिटो डेसिडेरीले सन् १७२० मा नेपाल भ्रमण गर्दा कोदोको रक्सि चाखेको कुरा उल्लेख गरेका छन् । उनले त्यसबेला नेपालमा चामल र गहँुको मदिरा खाने चलन रहेको कुरा पनि उल्लेख गरेका छन् ।

नेपालको आधुनिक इतिहासकोसँगै राजा सुरेन्द्रविक्रम शाहको पालामा आएको मुलुकी ऐन १९५४ ले नेपालका बासिन्दाहरुलाई ५ श्रेणीमा बाँडेको पाइन्छ । टागाधारीले मदिरा सेवन नगर्ने र बाँकी चार श्रेणीका मानिसले भने मदिरा सेवन गर्ने भनी उल्लेख गरिएको छ । हालको संविधान र ऐन कानूनहरुले भने त्यस्तो मदिरा सेवन गर्ने वा नगर्ने जाती भनी कुनै विभेद गरेको छैन । नेपालमा मदिरा सेवन गर्नुलाई गैर कानूनी मानेको छैन । यहाँको जातिय र सांस्कृतिक विविधताले गर्दाखेरी मदिराको प्रयोग पनि सोहीअनुसार हँुदै आएको छ । तथापि मदिरा सेवन नगर्नेलाई तागाधारी र मदिरा सेवन गर्नेलाई मतवाली भन्ने प्रचलन छ । तागाधारी बाहुन र क्षेत्रीहरुले मदिरा खान नहुने भएता पनि कर्णालीका मतवाली क्षेत्रीलाई मदिरा खान छुट थियो । मतवालीहरुले आफ्नो परम्परा र शिपअनुसार आफै मदिरा उत्पादन गर्ने र यसको प्रयोग गर्दै आएका छन् । मतवालीहरु जस्तै थारु, राई, गुरुङ्ग, तामाङ्ग र नेवार आदीहरुले व्यापक मदिरा प्रयोग गर्दै आएको देखिन्छ ।

थारुहरुको प्रथागत कानून भित्रको संस्कृति :

थारु समुदायमा बच्चा जन्मने वित्तिकै सुडेनीद्वारा नवजात शिशुको नाभी काटेर चोखो रक्सि नाभीमा लगाई दिने र सुत्केरीलाई प्रत्येक साँझ रक्सि खान दिने र एक हप्तादेखि १५ दिनसम्म मालिस गराउने तथा सुडेनीलाई हरेक दिन रक्सि र जाँडले स्वागत गर्ने प्रचलन छ । सुत्केरीलाई नियमित रक्सि र जाँड खुवाउँदा आराम हुने र पाठेघर सफा गर्छ भन्ने प्रचलन रहेको छ । त्यसैगरी बच्चा हुर्केर व्रतबन्ध नगरेसम्म रठ्लौसर्ना चलन छ र त्यसबेला धारहाल्ने र गु¥वा तथा अतिथी स्वागतको लागि रक्सि र जाँड अनिवार्य चाहिन्छ । यस्तै व्रतबन्ध गर्दा अर्थात् जेठ पूजा गर्दा बोका, सुँगुर, कुखुराको बली संगसंगै कूल देवतालाई अनिवार्य रक्सिको धार हालिन्छ र पर्सादको रुपमा सबै ईष्टमित्र र अतिथीलाई स्वागत गर्ने प्रचलन रहेको छ । थारुहरुमा नामाकरणको लागि निश्चित सामाजिक विधि विधान नभएता पनि बुढापाकाले बच्चाको नामाकरण गर्ने प्रचलन छ ।

त्यसबेला नामाकरण गर्ने बुढापाकालाई रक्सि र जाँडले अतिथी सत्कार गर्ने गरिन्छ । थारु समाजमा विभिन्न खालको विवाह गर्ने चलन परापूर्व कालदेखि चल्दैआएको छ । जसमा सट्टापट्टा, दमाहा, उर्ही, भोरुवा, तीनखुट्या आदि विवाह पर्छन् तर आजभोली मागी विवाह वा प्रेम विवाह मात्र बढि प्रचलनमा देखिन्छ । विवाह जस्तोसुकै होस् तर विवाह मदिराको अनिवार्य र व्यापक प्रयोग हुन्छ । विवाहको हरेक विधि विधानमा कुलदेवतालाई रक्सीको धार हाल्ने चलन छ ।

त्यस्तै गाउँको भूह्याँर थानमा पनि रक्सीको धार हाल्ने चलन अनिवार्य रहको छ । त्यसका साथै अतिथी सत्कारको मूख्य चिज नै जाँड रक्सी हो । अहिले पनि थारुहरुले विवाहको लागी एकवर्ष अगाडिदेखि वा त्योभन्दा पनि पहिलेदेखि जाँड रक्सीको सामा गर्ने चलन रहेका छ । त्यस्तै गरी थारुहरुको मृत्यु संस्कारमा पनि रक्सी अनिवार्य चाहिन्छ । गुराई गर्दा, पिण्ड दिदा र पाटा बसाउँदा अनिवार्य रक्सी चढाउनु पर्दछ भने शुद्धावारीमा अतिथी सत्कारको लागि अनिवार्य रुपमा रक्सीको प्रयोग हुने गरेको छ । थारु जातिले महिनै पिच्छे विभिन्न खालका चाडपर्वमा रक्सी पूजा प्रयोजनको लागि र अतिथी सत्कारको लागि अनिवार्य मानिन्छ ।

दशैं थारुहरुको महान चाड हो । त्यस चाडमा कूल देवतालाई चढाउन विशेष प्रकारको कुरी र सोन्जाई राखी रक्सी बनाइन्छ र पिण्डसंगै रक्सी चढाउने चलन छ जसलाई पित्रन्हक डारु भन्ने चलन छ । यसरी कुलदेवतालाई पूजा गरेको रक्सी र पिण्डसंगै चढाएको रक्सीलाई विशेष महत्वसाथ प्रसाद मानेर खाने चलन छ । यति मात्र होईन दशैंमा वर्त बस्ने पूजारीले अरु कुनै कुरा नखाए पनि रक्सी खाँदा चोखो नै मान्ने चलन छ । त्यसैगरी दशैंमा आवश्यक धुप लिन जाँदा आफ्नो घरगुर्वाको कोसेली स्वरुप रक्सी अनिवार्य लाने चलन छ ।  माघी थारुहरुको सबैभन्दा ठूलो पर्वको रुपमा मनाईन्छ । वास्तवमा माघमा कुलदेवताको पूजापाठ नभएपनि यसलाई नयाँ वर्षको रुपमा हर्सउल्लासका साथ मनाउने प्रचलन रहेको छ । यसपर्वको प्रमुख महत्व भनेको गाउँको बार्षिक योजनाको मूल्याङ्कन र आगामी वर्षको लागि सामूहिक रुपमा योजना तर्जुमा गर्नुका साथै गाउँका मूली मटावा, चौकीदार, अगुवा र गुर्वाहरुकोसमेत मूल्याङ्कन गरी पेरबदल हुने प्रचलन हो ।

यस पर्वमा माछा, मासु, तरुल, ढिक्री जस्ता प्रमुख परिकारका साथै घरघरमा जाँड रक्सीले स्वागत सत्कार गर्ने चलन छ । त्यस्तैगरी माघीको प्रमुख जमघट जसलाई बखेरी भनिन्छ । त्यसबेला प्रत्येक घरमुलीले एक एक करै (करुवा) रक्सी लिएर मटावाको घरमा जम्मा हुन्छन् र सबै रक्सी एउटै भाँडामा राखी मिलाएर संगैबसी खाने चलन रहेको छ । यसका अतिरिक्त प्रत्येक घर, घरमा गएर शुभकामना आदानप्रदान गर्ने जाँड रक्सी खाने चलन रहेको छ । थारुहरुले तिहारलाई सानो दशैंको जस्तो पूजापाठ गर्छन् र पिण्ड दिन्छन् दशैमा झैं रक्सीको धार हाल्ने र खाने चलन छ ।  त्यसैगरी जन्माष्टमीमा थारु महिलाहरु व्रत बस्ने र कृष्णको पूजा गर्नुको साथै व्रत बसेको भोलिपल्ट माछा, मासु र रक्सीले आफ्नो दाजुभाइ“लाई स्वागत गर्ने चलन रहेको छ । सोही हप्तामा थारु पुरुषहरु आइतबारको दिन अत्वारी व्रत बस्दछन् । यस पर्वमा भिमको पूजापाठ हुन्छ तर व्रतको भोलिपल्ट आफ्नो चेलीबेटीलाई खानेकुरा पु¥याउने चलन छ । यसलाई अग्रासन दिन जाने दाजुभाईलाई दिदीबहिनीले माछा, मासुसहित जाँडरक्सी खुवाएर सत्कार गर्दछन् । धान खेतीसित सम्बन्धित मात्र पनि थारुहरुले थुप्रै उत्सव मनाउँछन् जसमध्ये हर्धावा,औली र पेण्ड्या प्रमुख छन् । धानखेती रोपी सकेपछि थारु समुदायले हर्धावा पर्व धुमधामसंग मनाउँछन् ।

त्यसबेला खास गरी चेलिबेटी र ईष्टमित्रलाई निम्ता गरिन्छ र माछा, मासु र जाँडरक्सी आत्मसन्तुष्टि हुने गरी खाने चलन छ । त्यस्तै धान काटेर सकी धान खल्यानसम्म पु¥याई सकेपछि औली भन्ने उत्सव मनाईन्छ । यसमा पनि तृप्त हुने गरी माछा, मासु र मदिरा सेवन गरिन्छ । अन्तमा धानबाली घरमा भित्रियो भने पेण्ड्या भन्ने पर्व मनाईन्छ । त्यसबेला नयाँ चामल देवतालाई चढाउनुका साथै नयाँ चामलको भात माछा, मासु र जाँडरक्सी खाने चलन रहेको छ । त्यस्तै थारु समुदायको सार्वजनिक पूजा जुन गावैपिच्छे हुने गर्दछ, त्यसलाई भूह्याँर पूजा भनिन्छ । यो पूजा वर्षमा दुईपटक गर्ने गरिन्छ । वर्षेखेति गर्नु पूर्व गराईने पूजालाई ढुर्या गुरै र खेतिपाती सकेपछि गरीने पूजालाई हर्या गुरै भन्ने चलन छ । जुन पूजामा रक्सीको धार अनिवार्य मानिन्छ । खासगरी यो पर्वमा सुँगुर, कुखुरा, अण्डाको बली र जल, दूधसँगै रक्सी चढाईन्छ ।

कविला समाजको मुल्य मान्यतामा हुर्कदै आएको थारु समाजमा अहिले पनि सामुहिक रुपमा घर बनाउने चलन रहेको छ र सबैको घर छाई सकेपछि घर्राइ भन्ने पर्व मनाउने चलन रहेको छ । जुन पर्वमा आफ्ना चेलिबेटी र ईष्टमित्रलाई आमन्त्रण गरीसंगै भोज खाई रमाइलो गरिन्छ र यस पर्वमा मूलरुपमा माछा, मासुसंगै पटौरी (मुसुरोको परिकार) जाँडरक्सी खाने चलन छ । त्यस्तै गरी अन्नबाली खल्यानमा ल्याएपछि त्यसको तान्त्रिक विधिबाट सुरक्षा प्रदान गर्न ग्रौह्री वेहर्ना उत्सव मनाउने चलन छ । त्यसैवेला गु¥वाले तान्त्रिक विधि विधानअनुसार खल्यानमा कुखुरा बली दिने र रक्सीको धार हाल्ने चलन छ । त्यसपछि गाउँभरीको घरमुली भेला भई जाँडरक्सी खाई नाँचगान र रमाईलो गर्ने चलन छ ।

यसका अतिरिक्त थारु समुदायमा बेलाबखतमा हुने भाकल र पूजा आरधनामा रक्सी अनिवार्य रुपमा चढाउने चलन रहेका छ । कुनै घरमा कोहि विरामी भयो भने गु¥वाले आछत हेर्छ र भुतप्रेत मन्साउँछ, जसबेला रक्सि अनिवार्य चाहिन्छ । त्यस्तै गरी विरामीलाई देवता वा भूतप्रेतले दुःख दिए भनेर प्रगेल्नका लागि पार्टी बस्ने चलन पनि छ त्यसबेला पनि टोक्टा गर्न मन्साउन र गु¥वा सत्कारको लागि जाँड रक्सी अनिवार्य चाहिन्छ । कुनै उमेर पुगेकी युवती वा महिलाको मासिक धर्म अनियमित भएमा वा समस्या आएमा गु¥वाले फुला बनैना तन्त्रमन्त्र गर्छन् र त्यसबेला रक्सी अनिवार्य चाहिन्छ । यदि गाउँमा लगातार कुनै क्षति भयो वा महामारी भयो भने भूतप्रेत प्रवेश गरेको विश्वास गरिन्छ र निकासी पूजा गरी मन्साउने चलन गरेका छ त्यसलाई निकासी पूजा भन्छन् र उक्त कार्यका लागि रक्सी अनिवार्य चाहिन्छ । खागरी वर्षदिन भरी घर बाहिर प्रदेश जाँदा कुनै अनिष्ठ नहोस् भनेर कूल देवतालाई हर्चाली नामक पूजा गर्ने चलन छ । त्यसबेला सुँगुर कुखुराको बलीसँगै जल, दूध र रक्सीको धार अनिवार्य चढाउनु पर्दछ । साथै अतिथि स्वागतको लागि पनि ती कुराको प्रयोग अनिवार्य मानिन्छ ।
त्यस्तै गरी थारुहरुले बगार पूजा र गोठी पूजामा पनि अनिवार्य रक्सीको धार हाल्ने र बली दिएको मासुसंगै रक्सी सेवन गर्ने चलन रहेको छ । त्यस्तै गरी केहि उत्सवहरु जस्तै कुनै पनि काम समापन भएपछि चुकी, नाँचगान पनि मनाउने उत्सव नस्नौरी, ख्यारा सार्वजनिक कार्य सम्पादनपछि मनाउने झराली, सार्वजनिक श्रमदान वेगारी जस्ता बेलामा अनिवार्य रुपमा रक्सी र जाँडको प्रयोग गरी रमाइलो गर्ने चलन रहेको छ । थारुहरुको सबैभन्दा ठूलो पर्व माघी हो । यो पर्व थारु समुदायमा तीनदेखि पाँच दिनसम्म धुमधामसँग मनाइन्छ र जाँड, रक्सी, माछा र मासुको ब्यापक सेवन गरिन्छ ।
गु¥वा, डारु (रक्सी) र आस्था
थारुहरुमा गु¥वाको स्थान अत्यन्त महत्वपूर्ण मानिन्छ । गु¥वाहरुले आफ्नो प्रतापबाट थारु समुदायलाई बचाउँदै आएकाले उनीहरुको प्रताव एवम् कौशलले कथाको रुप धारण ग¥यो । त्यसैले थारुहरुमा गु¥वासम्बन्धी धेरै लोककथा पाइन्छन् । थारु लोक साहित्यमा गु¥वाको महत्वको प्रतिबिम्ब देख्न पाइन्छ । ‘गुर्बावक जर्मौट’ (थारु लोक ब्रह्माण्ड पुराण) ‘फुलवार’ (थारु लोकशिव पार्वती पुराण) ‘राम बिहग्रा’ (थारु लोक रामायण) ‘बर्कीमार’( थारु लोक महाभारत) ‘अष्टिम्की सख्या, पैया’( थारु लोक भागवत पुराण) ‘हिउटी’ साँची, कहरा, जोगिन्या, माधो( सुन्दरी’ आदि थारु समुदायको जनजिब्रोको झुण्डिएका छन् । थारु मन्टरलाई जिवन्तता राख्न थारु देश बन्ध्या गु¥वाहरुले प्रकृति रक्षाका लागि यही लोकसाहित्य गाउँछन । आम थारु समुदायमा फूलवारलगायत काव्य नगाइए पनि देशबन्ध्या गु¥वाहरुले विभिन्न पूजापाठमा यसका श्लोक पढ्छन् ।

जस्तो कि हरेरीको अवसरमा मरुवामा हरेहर खेटौटी, बाँझो काख जगाउन छुट्की फूलबार, कसैको पिढी सकिएर नयाँ देउटा जन्माउन जल्मौटी, घरविहिन भएमा गुर्वावक जमौटी, ठूला गाउँको सामूहिक पूजापाठ गर्नुपरेमा बर्का फूलवार, ढकेहरले गाउँछन् । बर्कीमारको एक प्रसँगमा किचक दिनप्रति दिन बिरामी हुँदा उसको स्वास्थ्य परिक्षणका लागि घनपट गु¥वालाई बोलाएर ल्याएको प्रसंग छ । घनपट गु¥वाले मद (रक्सी) र मन्त्रशक्तीबाट किचकको स्वास्थ्य परिक्षण गर्दा शारिरीक नभई मानसिक रोग भएको बयान गर्छन् । किचक द्रौपतीको प्रेममा एकतर्फि आकर्षि भएर विरामी भएको हुन्छ । बर्किमारमा शमी वृक्षमा लुकाएर राखिएको अस्त्र अर्जुनले अछिता र रक्सी छिटेर पवित्र पारेको तथा त्यसको पूजा गरेर, मैले जहाँ पठाउ, त्यहाँ जा भनेको प्रसंग उल्लेख छ । हालसम्म पनि थारु समुदायमा दुलहा जन्ती जानुअघि उनका लुगा, डोला गु¥वाले मन्टर पढी आछट छिटेर र रक्सीको छाँकी बुँदी दिएर पवित्र पार्दछ । यी यावत प्रसंगले थारु समुदायमा गु¥वा र रक्सीको महत्व महाभारतकालिन समयदेखि नै रहेको देखाउँछ ।

कुल पूजामा र सार्वजनिक पूजामा रक्सीको प्रयोग

डेहुरारमा गुर्बाबा, मैया, खेखरी, लागुबासु, चैटीक पट्ठ्या, सौँरा, बेँट, झो¥या, भेँरवा, घोरवा, डहरचण्ड, चबह्वा गुनी, लटौ महादेव, खेटरपाल, उख्नी भवानी, रिख्या, सुच्चा, ढमरज्वा, मड्वा, जगनठ्या, ढनचोर्वा आदि देउता हुन्छन् । तथापि यि सबै देउता सबैको डेहुरारमा भने हुन्दैनन् । थर र गोत्रअनुसार फरक फरक देउता स्थापित हुन्छन् । अपवादमा केही थप बाहेक प्रत्येकले कुल देवताको पूजामा रक्सीको धार हाल्ने प्रचलन छ । लरैया छेउ पूजा माघीमा गरिन्छ । खेतबारी खन्दा कुनै चोटपटक नलागोस् भन्ने प्रयोजनको लागि यो पूजा गरिन्छ । दुरिया पूजा बैशाख, जेठमा गरिन्छ । खेतीपातीको शुरुवात गर्नु अघि दक्षिणतिरको देवता पट्नह्यालाई पठाउन हेतुले यो पूजा गरिन्छ । रेन्झी पूजा असारमा गरिन्छ । त्यसैले यसलाई असारी पूजा पनि भनिन्छ । लामखुट्टे लगायत कुनै अन्य किराले नटोकुन् रेन्झ खेन्झ (महामारी) नसारुनन् भन्ने हेतुले यो उत्तरको पट्नही देवता पठाउनलाई पूजा गरिन्छ ।

हरेरी पूजा खेतीपाती हरियो भैरहोस । गान्धीलगायत अन्य किरा धानमा लागेन नोक्सान नगरुनन्, कला पानी राम्ररी लागोस् भन्ने अभिप्रायले हरेरी पूजा गरिन्छ । लवाङ्गी पूजा उब्जिएको बालीनाली सर्वप्रथम प्रकृतिलाई चढाउन तथा सुगालगायत पंक्षीले बढी नखाउन् भनेर यो पूजा मंसिरमा गरिन्छ । चमरबह्रै पूजा माघी लगत्तै गाई भैँसीको दीघार्युको लागि ५÷५वर्षको अन्तरालमा यो पूजा गरिन्छ । ढुर्रा बनैना गु¥वाले सामाजिकभन्दा व्यक्तिगत पूजा निकै कम गर्ने गरेका छन् । व्यक्तिगत पूजा अन्तगत ढुर्रा बनाउने पूजा प्रायःले गर्छन् । आधिकारिक गु¥वा बनाएपछि वर्षमा दुई पटक खासगरी कात्तिक र चैत्रमा ढुर्रा बनाउनु पर्ने हुन्छ । मरुवाका बाइस देउतालाई छाँकी दिदा पश्चिममा सबै थारु गाउँमा मरुवा (सामूहिक देउथान) स्थापित हुन्छन् । ति मरुवामा प्रत्यक्ष, अप्रत्यक्ष २२ देउता स्थापित हुन्छन् ।

यहाँ नितको सामान्य चर्चा गरिन्छ । डहरचण्डी सबैभन्दा ठूलो देवी हुन् । डहरचण्डी र द्रौपती दुई दिदीबहिनी हुन् भन्ने विश्वास गरिन्छ । पूजाको सुरुवात यिनै देवीको अगाडि पहिले धुपवत्ति सल्काएर गरिन्छ । झुठरु मसानलाई मनाउन नसके तिनै देउता बिगार गर्ने भूत हुन्छन् भनी यिनको पूजा हुन्छ । झुठरु मसान भूत जस्तो लागे पनि यी प्रगन्ना क्षेत्रको रक्षा गर्ने देउता हुन् । मुरहा मसानको प्रतीकको रुपमा काठको मुग्रो आकारको पत्ती गाडिएकोले मुरहा मसान भनिएको हो । यिनको काम जति भूतप्रोत छन् सबैलाई आफ्नो शीरासनमा राख्नु हो । बहिरा रक्सा मरुवाको पश्चिमपट्टि कुनामा स्थापित हुन्छ । बहिरा रक्साको प्रतीकको रुपमा चुच्चो आकारको ढुंगा गाडिएको हुन्छ । मान्छे हराएमा वनमा चर्न गएका गाइवस्तु हराएमा यिनको पूजा गरे घर आइपुग्छन् ।

जगन्नठीया यिनलाई मरुवाको दक्षिणमा स्थान दिइएको हुन्छ । यिनको काम दाङ उपत्यकामा भएको ५ वटै प्रगन्ना अर्थात् ४४ कोश क्षेत्रको रक्षा गर्नु हो । भेंरवा भेंरवा देवतालाई ढुरी खम्बा (ढुरी खामो) पनि भनिन्छ । सबै देवतालाई मिलाए आफू सबैको बीचमा आसन जमाएकोले ढुरखम्बा भनिएको हो । त्यसैले यिनलाई देवताहरुको संयोजक पनि भनिन्छ । पाँचो पाण्डो महाभारतका पाँच पाण्डव नै पाँचो पाण्डो हुन् । मरुवाको पूर्वपट्टि पाँचवटा अशिद्धा वनपस्पतिको कीलाको प्रतीकको रुपमा यिनीहरुले स्थान पाएका हुन्छन् । पूर्व भवानी मरुवाको उत्तर पूर्वको कुनामा स्थापित हुन्छिन । यिनको कुनै प्रतीक हुँदैन । पूर्व दिशाबाट कुनै रोग, हैजा जस्ता महामारी आएमा रोक्छन् भन्ने विश्वास गरिन्छ । यिनले पाँच पाण्डवभैm रगत, रक्सी खाँदैनन् । दनुवा मरुवाको पश्चिम उत्तर कुनामा हुन्छन् यिनको काम आफूले मादल ठटाएर डहरचण्डीलाई नचाउनु हो ।

त्यसैले यिनलाई हरेरी पूजामा काठको मादल र चप्पल बनाएर चढाइन्छ । बाघेश्रीको काम पशु रक्षा गर्नु हो । जंगली जनावरको चंगुलबाट घरेलु जनावरलाई रक्षा गर्ने यिनको भूमिका रहन्छ । बाघेश्रीको कुनै प्रतिक हुँदैन तर यिनको स्थानमा माटोको बाघ र एक वटा अण्डा गाडिन्छ । गवरिया मरुवाभन्दा बाहिर खेतमा रहन्छन् । यिनको नामबाट मरुवामा खाल्टो पारेर पूजिन्छ । यिनको प्रतीक खेतको डुम्ना (अग्लो ढिस्को)मा काठमा पट्टी हुन्छ । कीराबाट बालीनालीको रक्षा, हैजा, महामारी रोक्न यिनले भूमिका खेल्ने विश्वास गरिन्छ । कोटिया मरुवाभन्दा बाहिर गाउँको दक्षिण दिशामा रहन्छन् । यिनको काम दक्षिण भेगबाट आउने रोगव्याधिबाट गाउँलेलाई रक्षा गर्नु हो । करैचाकोट भावार्थ घना जंगल हुन्छ । यिनलाई जंगलमा नपूजी मरुवाकै पश्चिमपट्टि खाल्टो बनाएर स्थान दिईएको हुन्छ । बडेलवाले विवाहमा आगोपानीको ख्याल गर्छन् । साथै तेल रोटी अन्य खाना पकाउँदा खानेको स्थास्थ्यमा हानी नरोस् भनेर पूजा गर्छन् । कुईयाँपानी गाउँको कुवा, नदीघाटमा हुन्छन् । त्यसैले यिनलाई कुइया पानीसँगै घटुरिया (नदिघाट तार्ने) पनि भनिन्छ । यिनले खानेपानी शुद्ध राख्छन् र बिरामी पर्न दिदैनन् भन्ने भनाई छ ।

डारु (मदिरा)ले थारु समाजमा पारेको प्रभाव

थारु समाजमा मदिरा सांस्कृतिक रुपमा अपरिहार्य तत्वको रुपमा रहेकोले, यसलाई थारु समाजबाट अलग्याउन निकै कठिन छ । मदिराको अनियन्त्रित सेवनले गर्दा थारुहरु मदिराजन्य रोगबाट दिर्घ कालिन शिकार हुनुका साथसाथै, सामाजिक रुपमा अपमानित हुनु र आफ्नो घरजग्गा गुमाउदै गएका छन् । विसं २०२१ सालभन्दा पहिले दाङलगायत तराईका जिल्लामा करिव एकछत्र रुपमा राजगरी बसेको थारुहरु तराईमा औंलो उन्मुलन, पूर्वपश्चिम राजमार्गले तराईमा सबैको पहुँच हुनु र भूमि सुधार कार्यक्रम लागू भएपछि, तत्कालिन ७५ वटै जिल्लाका मानिसहरु तराईमा बसाई सरेका हुन ।

मुख्य पेशा कृषि रहेको र साँस्कृतिक मान्यता तथा मनोरञ्जनको प्रमुख साधन मदिरा रहेका थारुहरुबाट आगन्तुक गैर थारुहरुले सहजै जग्गा आफ्नो स्वामित्वमा गराए । थारुहरुमा लेखापढी गर्ने प्रचलन थिएन, सवै अनपढ थिए, शिक्षाप्रति नकारात्मक धारणा थियो । तत्कालिन समयमा थारु समुदायमा ‘पढो गुणो कौने काम, हर जोतो धाने धान’ भन्ने उक्ति अत्यन्तै लोकपृय थियो । तसर्थ पहिलो कुरा उनीहरु आफ्नै कारणले पनि हरेक क्षेत्रमा पछाडि पर्दै गए, भने बाहिरबाट आउने गैरथारुहरले उनीहरुको कमजोरीको फाईदा उठाई सहजै उनीहरुको थाँतथलो माथि कव्जा जमाए र जमिनका मालिक थारुहरु, उनीहरुकै जमिनमा भूदासको रुपमा रुपान्तरित भए ।

अहिले थारुहरु र नेपालका गरिब समुदाय प्रयावाची शव्द जस्तै भएको छ । उपरोक्त सवाललाई थारुहरुको सवभन्दा पुरानो र एक मात्र छाता संगठन थारु कल्यानकारिणी शभाले, यसको स्थापना काल विसं २००५ सालदेखि नै निरन्तर रुपमा थारु जातिमा मदिरा सेवन निषेध अभियान संचालन गर्दै आएकोछ । त्यस्तै यस सवालमा थुप्रै संघसंस्था र राजनैतिक पार्टीहरुले पनि सचेतता अभियान चलाउँदा समेत खासै सकारात्मक परिणाम आउन सकेको देखिदैन ।

उपसंहार

माथि उल्लेख भए झै थारु संस्कृतिको हरेक विधि र विधानमा रक्सीको प्रयोग व्यापक गरिएको कुरा धेरैलाई थाहा छ । त्यसलाई हटाउनु पर्छ भनेर अभियान पनि संचालन भएका छन तथापि दशकौको अभियानपछि पनि सकारात्मक परिणाम आउन सकको छैन । अभियानबाट कुनै सकारात्मक परिणाम नआएपछि आजित भएका थारु अयिन्ताहरु नै थारु धर्म परिवर्तन गरि अन्य धर्ममा पलायन भएको थुप्रै उदारहणहरु देख्न र सुन्नमा आएका छन् । यदि यो सवाललाई साँच्चीकै वैज्ञानिक रुपमा संबोधन भएन भने थारु धर्म र संस्कृति अन्य धर्ममा पलायन भै लोप हुने कुरामा कुनै शंका छैन । यस समस्यालाई निराकरण गर्नका लागि थारु संस्कृतिभित्रका प्रथाजन्य कानूनहरुको अध्ययन गरी कुन प्रथाजनित काननूले मदिरा सेवनलाई अनिवार्य बनाएको छ, त्यसको पहिचान गर्ने र त्यसको संशोधन वा खारेजीको संभावना खोजी गर्नु आजको आवश्यकता हो । यसको लागि थारु संस्कृतिमा मदिराको प्रयोग बारे बैज्ञानिक अध्ययनको खाँचो छ ।

सन्दर्भग्रन्थ

रेग्मी महेशचन्द्र, नेपालको आर्थिक इतिहास एक अध्ययन( न्यू दिल्ली मञ्जुश्री पव्लिकेशन् हाउस, इसं १९६६)
रेग्मी जगदिशचन्द्र, नेपालको धार्मिक इतिहास र प्राचिनकाल (रत्न पुस्तक भण्डार काठमाण्डांै, विसं २०३९)
गौतम टेकनाथ, थारु जातिको इतिहास तथा संस्कृति (दाङ्ग सुशिल गौतम, विसं२०४४)
दहित गोपाल, थारु संस्कृतिको संक्षिप्त परिचय (जनजाति उत्थान राष्ट्रिय प्रष्ठिान, सानेपा ललितपुर विसं २०६२)
चौधरी महेश, नेपालको तराई र यसका मूमिपुत्रहरु (शान्ति चौधरी, विसं २०६४)
चौधरी श्रीराम, थारुहरुको संक्षिप्त अर्थ राजनिति (समाजमा वातावरणीय शिक्षाको विकास, विसं २०६४)

प्रतिकृया

प्रतिकृया