यज्ञबहादुर केसी
चिनको बुहान सहरबाट शुरु भएको कोरोना भाइरस संसारभर फैलिरहँदा नेपालमा भने अन्य मुलुकहरुको तुलनामा पछिल्लो पटक देखा परेको थियो । यो कोरोना भाईरसका कारण यतिसम्म भयोकी संसारभरका सारा मानव जाती एकै समयमा घरभित्र थुनिनु प¥यो । भौतिक बिकासका सबै कामहरु ठप्प रहे, यातायात हवाई उडानहरु बन्द भए,अन्तरदेशीय नाकाहरु पूर्णरुपमा बन्द गरिए,पैदल यात्रीहरुलाई समेत नियन्त्रण गरि क्वारेन्टाइनमा राख्ने कामहरु भए । यो सबै क्रियाकलापलाई ‘लकडाउन’ शब्दले बुझाईयो । दुःखी गरिबहरुलाई दैनिक छाक टार्न समेत कठिन भयो । कतिपय देशहरुले यसको आंशिकरपूर्ण उलंघन नगरेका पनि होईनन् , जहाँ उलंघन गरियो त्यहाँ कोभिड संक्रमितहरुको संख्या र मृत्युको संख्या पनि उत्तिकै बढिनै रह्यो । संसारका अन्य धेरै देशहरुमा यसरी संक्रमण बढि रहँदा हामिहरु पनि अत्यन्तै निरीह भयौँ,भयप्रद र भयवित भयौँ, तर त्यतिबेला सोचें अनुरुप ठूलो क्षेती हुन पाएन । यसो हुनुको कारणमा हाम्रो नेपाली खाना र दैनिक भान्सामा प्रयोग हुने मसलाहरुलाई श्रेय दियौं र चर्चा परिचर्चा गर्यौ । त्यतिबेलासम्म भारतमा बिश्वमै सबैभन्दा धेरै संक्रमित र मृत्युका खबर आईरहेका थिए ।


                                                                         बिज्ञापन
   



नेपालमा यतिबेला पछिल्लो पटक २०७८ बैशाख यता दोस्रो भेरिएन्टको कोरोना भाइरस खहरे खोला झै निक्कै बितण्ड मच्चाई रहेको छ । यसैका कारण हामीले हाम्रा धेरै आफन्तहरु गुमाईरहेका छौं । कोभिड संक्रमण आफैमा अत्यन्तै संक्रामक र आकस्मिक मृत्युकर छ । यो संक्रमण वास्तबमै ठूलो बाजागाजा सहित दुनियाँलाई भयभित गर्दै आएको महसुस भएको छ । आफन्त र साथी भाईको दुरि बढाईदिएको छ भने,बिरामी पर्दा सबैको साथ सहयोग र स्याहार चाहिने बेलामा घरको एकान्तबास वा अस्पतालमा डाक्टर र नर्सको निगरानीमा आफन्ती बिनाको एक्लो अनि आफ्नो जिबनमा आई नपरेका ती उपकरणहरुको बिचमा मृत्यु संग लडिरहनुको त्यो क्षेण जो कोहिलाई कहालीलाग्दो हुनेनै भयो ।

यी र यस्तै कुराले होला, बाचुन्जेल यति धेरै पिडाहरु बोक्दै मृत्युमा आफ्नो संस्कारले पनि न्याय नपाउने बर्तमानको घटनाक्रमले धेरैहरुमा मनोसामाजिक समस्याहरु बढेको पाईएको छ । स्वस्थ जीवनकालागि र बिरामिकालागी झनै उच्च मनोबल एक महत्वपूर्ण प्राकृतिक रोग प्रतिरोधात्मक शक्ति हो । जसले मानिसलाई पहरामा रुख झैँ जिउन सिकाउँछ र अंग अंगलाई सक्रिय तुल्याउछ । हो, आज त्यही उच्च मनोबलको खाँचो छ, तर त्यो उच्च मनोबलको जीवन शक्ति कसरी प्राप्त गर्ने बुझ्न जरुरी छ । यसकालागी सबैभन्दा पहिला आफूुलाई बिस्वास गर्न सक्नुपर्छ, अरुको अनाबस्यक भनाईहरुमा बहकिनु हुदैन र सामाजिक संजालमा आएका नकारात्मक कुराहरुलाई आफ्नो दिमागमा दर्ता गर्नुहँुदैन । बरु सकारात्मक बिचार र उर्जालाई चलानी गर्न आफैलाई निरन्तर प्रेरित गरि रहनुपर्छ ।

कोभिड संक्रमित सबैको ज्यान गएको छैन मलाई पनि केही हुदैन भन्ने बिश्वास पाल्नुपर्छ । यो भाईरसले छातिमा फोक्सोलाई मात्र असर गर्छ भन्ने होईन हाम्रो शरिरलाई सञ्चालन गर्न मस्तिष्कबाट विभिन्न क्रियाकलाप भैरहेका हुन्छन, त्यही मस्तिष्कमा पनि भाइरसले असर पुर्याएर बाधा पुर्याएको हुन्छ जस्तै, स्वाद र गन्ध थाहा नहुनु, भोक र प्यासको महसुस नहुनु आदि ।

यसो भनिरहँदा झनै डराउनु पर्दैन । मनोबल गिराएर वा हरेस खाएर मनौं सामाजिक रुपमा बिक्षिप्त हुदा घाईते मस्तिस्कमा झनै ठूलो समस्याहरु थपिन सक्छ । त्यसैले जसरी हामी छाती र फोक्सोको लागि लामोलामो श्वास लिने अनुलोम बिलोम गर्ने कपालभाती गर्ने,विभिन्न जडिबुटी मिश्रीत वा पानीको बाफ लिएर फोक्सोलाई सजिलो र बचाउनको लागि मेहनत गर्छौँ , हो त्यसरी नै मस्तिस्कलाई पनि यतिबेला उच्च मनोबलको त्यत्तिकै खाँचो पर्दछ, किनकी दिमागलाई अत्याधिक तनावयुक्त बोझले एक प्रकारको बीस पैदा हुने र महत्वपूर्ण अंग संचालनमा बाधा पर्ने कुरा अध्ययनले पनि पुष्टि भएका छन ।

अघि भनेझैं यतिबेला मस्तिष्कमा पनि केही असर परेकै कारण स्वाद,गन्ध थाहा नहुने र भोक र प्यासको महसुस पनि नहुने हुन्छ । हामीलाई यी कुराको महसुस मात्र नभएको हो, शरिरलाई त्यो अन्न र पानी हरपल आवस्यक भैरहेको हुन्छ ।हामिलाई थाहा छ एक छाक खाना र पानी को व्रत बस्दाको पीडा कस्तो हुन्छ तर यसरी बिरामी भएको बेलामा केहिदिन यसरी अन्न र पानी प्रयाप्त नखाँदा कोभिडले भन्दा शरिरलाई भोक र प्यासले थला पारिसकेको हुन्छ। यहि अवसरमा भाइरस र ब्याक्टेरियाहरुले पनि झनै मौका छोपेर हामिलाई दुख दिन्छन ।

अत्यधिक तनावले आफैमा श्वास फेर्न गारो भएको जस्तो हुने, घाँटिमा केही अड्के जस्तो हुने,शरिरमा अन्न र पानीको कमि भएर ज्वरो आउने र कमजोर हुने जस्ता अन्य लक्षणहरु थपिदै जाने हुन्छ । अतः माथी भनिएका ३ तीन कुराहरु शोक,भोक र प्यास को ब्यबस्थापनको लागि उच्च मनोबल नै सबैभन्दा ठूलो हतियार हो । हामिलाई स्वाद गन्ध नभएपनी, मनले खाना पानी नमागेपनी शरिर र आफ्नो लागि अन्न,गेडागुडी,सागपातरफलफुल र पशु तथा पंछी जन्य सबै थरिको खानेकुराहरु थोरै–थोरै भएपनी पटकपटक खाएर पेटको थैली भर्नैपर्छ । अर्को महत्वपूर्ण कुरा के भने यस्तो बेलामा जथाभावी औषधीहरु र घरेलु जडिबुटीको नाममा धेरै प्रयोगले पनि समस्या थपिएको पाईएको छ । त्यसैले संबन्धित डाक्टर वा स्वास्थ्यकर्मिको सल्लाह बमोजिम मात्र औशधीहरुको सेबन गर्नुपर्छ ।

भित्री शरिरलाई सफा गर्न एबं शरीर सन्चालनका लागि यतिबेला शरिरको तौल अनुसार कम्तिमा दैनिक ३ देखि ४ लिटर पुग्ने गरि पानी र झोलिलो खानेकुराहरु खानुपर्छ । कोभिड संक्रमण हुदा वा संकास्पद लक्षणहरु भएमा घरमा वा अस्पतालमा एकान्तबास बस्नुपर्ने अबस्थामा सोही अनुसार मनस्थिती तयार पार्नुपर्छ । यदि यस्तो गरिएन भने आफ्नो परिवार र आफन्तलाई पनि यो सर्न गैइ सबैलाई दुख हुन सक्छ ।त्यसैले जनस्वास्थ्यका मापदण्ड लागू गर्ने र भैतिक दुरि कायम गरि भावनात्मक दुरि झनै नजिक हुनु जरुरी छ । जसरी एक नारीले प्रसब पिडा सहन स्विकार्छिन,त्यसरी नै कोभिड संक्रमण आईलागेमा सहर्ष स्विकार्नुको बिकल्प छैन । अनिमात्र यसकारण मनोसामाजिक समस्या बाट पनि बच्न सकिनेछ ।( लेखक स्वास्थ्यकर्मी हुन् ।)

प्रतिकृया

प्रतिकृया