तुलसीपुर
२६ माघ / शुक्रबार राती परेको असिना पानीले दाङ शान्तिनगर गाउँपालिका वडा नं. १ का किसानले लगाएको अन्नबालीमा क्षति हुँदा किसान चिन्तित भएका छन् । वडा नं. १ को आरुखुट्टी, बाझबिसौना, बान्द्रखोला, सल्लाघारीलगायतका किसानले लगाएको अन्नबालीमा क्षति पु¥याएको वडा नं. १ का अध्यक्ष जङबहादुर पुनले बताए ।

तोरी, गहुँ तथा तरकारी बालीमा पूर्ण क्षति पु¥याएको उनले बताए । बाली नष्ट गरेपछि आफुहरु चिन्तित भएका किसानहरुले बताएका छन् । दुःख गरेर उत्पादन गरेको खेती भित्र्याउने बेला असिनाले नष्ट पार्दा आफुहरुलाई दैनिकी चलाउन समस्या हुने समेत उनीहरुले दुखेसो पोखे ।

प्रतिकृया

प्रतिकृया


ADVERTISEMENT