श्री घनश्याम पाण्डे ज्यू

तुपसीपुर उपमहानगपालिका दाङ

बिषय : उत्तर सहित थप स्पष्टताका लागि अनुरोध सम्बन्धमा :

आजै जस्तो लाग्छ तपाईका रेकर्डेट भाषण तुलसीपुरका चोक–चोकमा बजाको, बाफरे कम्ताको अपेक्षा थिएन । तपाईसंग जनताको पहिलाको उप–मेयर, के जाति संस्थामा काम गरेको, बिदेश त पुरै घुमेको , प्रवचन त हजुरको जस्तो कसैको छैन रे यस्ता यस्ता कति–कति । आजभोलि म महशुस गदैछु, तपाई सक्षम भएर जितेकै हैन रहेछ । तपाईले जित्ने ३ वटा कारण रहेछन् । १. तपाई संलग्न भएका पार्टीका सक्षम र निस्वार्थ कार्यकर्ता । २. तपाईका बिरुद्धमा उठेका कमजोर उम्मेद्वारहरु र ३. तपाईले यो बिचमा कमाएको पैशा र खर्च गरेको अबस्था ।

सायद तपाईसंग छ होला तपाईको चुनाव लड्दाको कतिथ घोषण पत्र । त्यसमा लेखिएका हरेक कुराको याद त मलाई छैन्, तर त्यसको सार र तपाईले गरेका बाचा बन्धन र जनतालाई दिएका झुटा आस्वासन अनि गरेका चर्का भाषणको एक–एक अंश मेरा कानमा अहिले पनि गुञ्जिरहेका छन्, पगत सपना जसरी । म तपाईलाई चुनाब जितिसकेपछि जनताका लागि गर्छु भनेका र गर्न नसकेका केही कामहरुका बारेका प्रश्न गर्ने अनुमति चाहन्छु ।

तपाई आफै सक्नुहुन्छ र समय छ भने लेख्नुहोला नभए म तपाईका हरेक बाचा र घोषणा पत्रको साथमा बहस गर्न कार्यालय वा सरकारी निवासमा आउन तयार छु र तपाईसंग समय छ भने घण्टौ बहस गर्न तयार छु तर कृपया बिबादित प्रबत्ता, सचिवालयका कर्मचारी र सल्लाहकार मार्फत यसको उत्तरले झारा टार्ने काम गर्नुहुने छैन्, भन्ने अपेक्षा गर्दै प्रश्न गर्ने अनुमति चाहन्छु ।

१. देशको सबैभन्दा उत्कृष्ट उपमहानगरपालिका बनाउने कुरा थियो क्यारे अहिलेसम्म त्यो काम कहाँ पुग्यो र के कति कारणले अरु भन्दा हाम्रो नगरपालिका उत्कृष्ट भयो ?

२. दुई बर्षमा नगरपालिका क्षेत्र भित्रका जनतालाई शुद्ध खानेपानीको ब्यबस्था गर्ने कुरा भएको थियो अहिलेसम्म के भयो खानेपानीका निम्ति कति पैशा बिनियोजित गरियो र काम को अबस्था कस्तो छ ?

३. स्मार्ट शहरको कुरा पनि थियो क्यारे । स्मार्ट शहर बन्नलाई के–के न्यूनतम आबश्यक्ताहरु पूरा हुनुपर्छ र के–के यो नगरपालिका भित्र पूरा भएका छन्, त्यसका बारेमा जनतालाई बुझाउने कहिले र स्मार्ट बनाउने कहिले ?

४. शहरी क्षेत्र भित्रका साघुँरा बाटाहरु फराकिला अनि चिल्ला हुने कहिले ? नगर भित्रका धुलो र अब्यबस्थित नालाहरुको ब्यबस्थापन कहिले हुने ?

५. कृषिको कार्यक्रममा गयो कृषि हब, खेलकुदको कार्यक्रममा गयो खेलकुदको हव, बिद्यालयको कार्यक्रममा गयो शैक्षिक हब यो पूरा गर्ने ठोस कार्ययोजना खै खाली आबेगमा आएर बोल्दैमा हबको रुपमा बिकास गर्न सकिन्छ र ?

६. स्वास्थ्यको क्षेत्रमा हेर्दा यसको अबस्थाको कुरा एउटा सरकारी अस्पतालको अबस्था हेरौ त के साच्चीकै हामीले कल्पना गरेको अस्तताल यस्तै हो ?

७. मेयर जनतामैत्री हुनुपर्छ तपाईको कार्यालयको ब्यबस्थापनले कहि कतै पनि यो कुरा दर्साउदैन्, अधिकांस समय जिल्ला बाहिर जाने र केही मात्र समय जिल्लामा बसेर नगरको बिकासको लागि गफभन्दा केही गर्न सकिदैन्, जसको परिणाम कार्यबाहक मेयरको फेसबुक लाईभबाट पनि केहि सिक्ने कि ?

८. कोरोना रोकथाम, नियन्त्रणमा तपाईको भूमिका के–हो ? तपाईले यो बिचमा नयाँ र सृजनात्मक कामहरु के–के हुन ?

९. आईतवार, मंगलबार , शुक्रबार बिहान ६ बजेदेखि ९ बजेसम्म बजार खोल्दा के कोरोनाको संक्रमण हुदैन कि कोरोना भाईरस आउने समय हैन त्यो ?

१०. सामाजिक दुरी कायम गर्दा र लकडाउजका बारेमा कुरा गर्दा यस नगरबाट जनतालाई सचेत गराउने कुरामा हामी कुन अबस्थामा छौ ? के तपाईले यसमा केही काम गर्नुभयो ?

११. के तपाईले सञ्चालन गरेका क्वारेन्टाइनहरु नेपाल सरकारले निर्धारण गरेको मापदण्ड भित्र परेका छन् । नाम मात्र र मापदण्ड नपुगेका क्वारेन्टायनहरु संञ्चालन गर्ने नैतिक आधार के हो ?

१२. तपाईले संञ्चालन गरेका क्वारेन्टाईनहरुमा ब्यक्तिहरु किन बस्न चाहदैनन ? बस्न नचाहनुका कारणबारे कहिले छलफल भयो कि भएन ?

१३. तपाईका सल्लाहकार, प्रबत्ता र सचिवालयका कर्मचारीको कामबाट कति सन्तुष्ट हुनहुन्छ ? हुनुहुन्छ भने के–के कुरामा हैन भने आजै बर्खास्त गरी नयाँ ब्यक्तिलाई किन अबसर नदिएको ?

१४.यी माथीका प्रश्नहरु जनताका केही देखिएका प्रश्नमात्र हुन्, अरु सयौ प्रश्नहरु म संग सुरक्षित छन्, ति हरेक प्रश्नको चित्त बुझ्दो उत्तर दिन सक्नु हुन्छ ?

आदरणिय मेयर सा’प माथिका १४ बटा प्रश्नका उत्तरहरु झर्को नमानी दिनु हुनेछ भन्ने अपेक्षा गरेको छु । यी प्रश्नको उत्तरको आधारमा म क्रमश सोध्दै जानेछु । आबश्यक्ता परेकोे र महशुस गरेको अबस्थामा तपाईसंग छलफल गरि जनतासम्म पु¥याउने प्रतिबद्धता गर्दै बिदा हुन्छ । धन्यबाद

बिजय शरण आचार्य
तुलसीपुर ६ बरुवागाउ
[email protected]

प्रतिकृया

प्रतिकृया