तुलसीपुर
२३ जेठ / दाङको शान्तिनगर गाउँपालिका वडा नं. ७ बढाडाबरमा निर्माण हुँदै गरेको कुलो भत्काईएको छ । कुलो भत्काउँदै गरेको भिडियो समेत सार्वजनिक भएको छ ।

सोही भिडियोमा काँग्रेस शान्तिनगर गाउँपालिका वडा नं. ७ का सभापति ताराप्रसाद ओली , शिवशक्ति माविका स्थायी शिक्षक खुमानन्द पौडेल, दीपक लामिछानेलगायत स्थानीयहरुले निर्माण हुँदै गरेको कुलो भत्काउँदै गरेको देखिएको छ । साथै केही स्थानीयहरु पनि सहभागि छन् । तीन लाखको लागतमा बुढाडाबरदेखि गौरी जोड्ने कुलो निर्माणको क्रममा भत्काउनुकासाथै अबरोध गरेको वडाध्यक्ष पिमलाल ओलीले बताए ।

उनका अनुसार नपुलाल चौधरीको अध्यक्षतामा बनेको उपभोक्ता समितिले कुलो निर्माणको काम गरिरहेको अबस्थामा शनिबार कुलो निर्माण कार्यमा अबरुद्ध गर्नुकासाथै भत्काएको बताए ।

उपभोक्ता समिति गठन गरि काम अघि बढाउने र अनुगमन गर्ने जिल्लामा वडा कार्यालयको रहेको भन्दै सोही अनुसार आफूहरुले काम अघि बढाएको सन्दर्भमा विकासमा अवरोध गर्नु विकास विरोधी रहेको ओलीका भनाई छ । कोरोना महामारी र लकडाउनमा निर्माणका सामग्री पनि महंगो पर्ने र ढुवानी पनि सहज नभएको अबस्थामा नपुलालले आँट गरेपछि कुलो निर्माणको जिम्मा उनलाई दिईएको थियो ।

सोही कुलो निर्माणकालागि तीन स्थानमा बजेट छुट्याईएको थियो । एक ठाउँमा ३ लाख, एक ठाउँमा ७ लाख र अर्को ठाउँमा १० लाख बजेट थियो । ति मध्ये सातलाख र १० लाखको बजेटको भने टेण्डरबाट अघि बढाईएको थियो, भने तीन लाखसम्मको काम वडाले उपभोक्ता समिति मार्फत काम गर्ने अधिकार प्रदान गरिएको छ । सोही अनुसार काम गर्ने क्रममा अबरोध खडा हुँदा विकास निर्माणको काम अघि बढाउन नसकिएको वडाध्यक्ष ओलीको भनाई छ ।

काँग्रेसका वडा सभापति तारा प्रसाद ओलीले भने वडाध्यक्षले एकलौटी गर्न खोजेपछि यस्तो अबस्थाको सिर्जना भएको प्रतिक्रिया दिएका छन् । त्यही कुलो निर्माणकालागि पटक–पटक समिति निर्माण गर्ने क्रममा सहमति जुट्न नसकेपछि विवाद सिर्जना भएको हो । वडा कार्यालय र स्थानीयबीच पटक–पटक समिति सहमतिमा काम गर्न प्रयास पनि भएका थिए ।

 

प्रतिकृया

प्रतिकृया