काठमाडौं
२५-वैशाख/ निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष र आयोगका चितवन जिल्ला अध्यक्षलाई आचारसंहिता विपरीत काम गरेको जनाउँदै तीन दिनभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको छ । राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र भूमि आयोगका चितवन जिल्ला समितिका अध्यक्ष बद्री तिमिल्सिनालाई भरतपुरमा निस्सा बाँडेकोबारे स्पष्टीकरण सोधेको हो ।

आयोगमा प्राप्त उजुरीमा सुकुम्वासी र भूमिहीनलाई भूमिको निस्सा बाँडेको पाइएकाले काम तत्काल रोकी आवश्यक छानबिन गरी निर्वाचन आचारसंहिता विपरीत कार्य भएमा सजाय पाउँ भन्ने माग रहेको छ ।

भूमि आयोगले यसअघि नै सूचना निकालेर अर्काे सूचना नभएसम्मका लागि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलनसम्बन्धी कार्य स्थगन गरेको छ ।

प्रतिकृया

प्रतिकृया