तुलसीपुर
४-मंसिर/ दाङमा बिहान सवा ११ बजेसम्म २२ प्रतिशत मतदान भएको छ । बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बिहान सवा ११ बजेसम्म २२ प्रतिशत मतदान भएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी नारायण भण्डारीले जानकारी दिए ।

जिल्लामा चार लाख १४ हजार नौ सय ५६ मतदाताले निर्वाचनमा भाग लिदैछन् । जसमध्य दुई लाख तीन हजार नौ सय आठ पुरुष र दुई लाख ११ हजार ४६ महिला, दुईजना अन्यले निर्वाचनमा भाग लिदैछन् । जिल्लामा एक सय ५३ मतदान स्थलभित्र चार सय ६५ मतदान केन्द्र रहेका छन् ।

प्रतिकृया

प्रतिकृया