प्रकाश डाँगी,तुलसीपुर
२९-बैशाख / एकता टोल विकास सँस्था तुल्सीपुर ६ रजौराले आज तुल्सीपुरमा सांसद चौधरी सँग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

web-top-h1

टोल बिकास समीतीका अध्यक्ष भागबत आर्चायको सभापतित्त्वमा दाङ् जिल्ला क्षेत्र न ४का सांसद तथा नेपाली काँग्रेशका नेता डिल्ली बहादुर चौधरीको प्रमुख आथीत्यमा सम्पन्न कार्यक्रममा टोल बासीहरुले सांसद चौधरी सँग टोलमा रहेको सडक कालो पत्रेको लागी तत्काल योजना छनौटको लागी भुमीका खेलीदीन आग्रह गरेका छन ।

लामो समय बितीसक्दा पनी टोलमा रहेको सडक कालो पत्रे हुन नसक्दा टोलबासीले समस्या झेल्नु परेकोले यस तर्फ ध्यान दीन उनीहरुले सांसद चौधरीको ध्यानाकर्षण गरायका हुन ।

जबाफमा सांसद चौधरीले एकता टोल बिकासमा रहेको सडक कालोपत्रे गर्न आफुले बिभीन्न निकाय सँग कुरा गरीरहेको र केही बर्ष भित्रै सडक कालो पत्रे हुनेमा ढुक्क हुन टोलबासीलाई आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा तुल्सीपुर नगरपालीकाका कार्यकारी प्रमुख टोपेन्द्र केसीको समेत उपस्थीती रहेको थियो भने उक्त कार्यक्रमको सँचालन टोलका सचिव फरेन्द्र राज अधीकारीले गर्नु भयको थियो ।

web-bot-h1

प्रतिकृया

प्रतिकृया