रोल्पा,
७ – जेठ / रोल्पा अस्पतालको आइसोलेशनमा सोमबार मृत्यु भएका युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

रोल्पा नगरपालिका–१ सानो लिवाङका २२ वर्षीय युवकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । उनी दुई वर्षदेखि मिर्गौलाको रोगबाट पीडित थिए । उनी काठमाडौँबाट उपचार गरी फर्केको बताइएको छ ।

टिचिङ अस्पतालबाट फर्किएका युवकलाई आइतबार राति साढे १० बजे रोल्पा अस्पताल रेउघामा भर्ना गरिएको थियो । अस्पतालको आइसोलेशन वार्डमा रहेका बेला मृत्यु भएकोे रोल्पा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट धनमाया घर्ती मगरले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया