रोल्पा
३० साउन/ रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन ।


                                                                         बिज्ञापन
   



स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटना हुँदा माडी गाउँपालिकाका–६ निवासी ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको रोल्पा प्रहरीले जानकारी दिएको छ  ।

माडी गाउँपालिकाका–२ मा शनिवार बिहान ३ बजेतिर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। भैरहवाबाट कोर्चाबाङ शव पुर्‍याएर फर्कने क्रममा शहीदमार्ग सडकखण्डको माडी–२ खोलबाङमा दुर्घटना भएको हो । एम्बुलेन्स सडकबाट झण्डै ६०० मिटर तल खसेको थियो ।

प्रतिकृया

प्रतिकृया