रोल्पा
३-असार/ रोल्पामा बालिकालाई करणी गरेको आरोपमा जनप्रतिनिधि पक्राउ परेका छन् । त्रिवेणी गाउँपालिका–६ का वडा सदस्य ३५ वर्षीय मोहन केसी पक्राउ परेका हुन् । गत जेठ ३० गते केसीले बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

केसीलाई पक्राउ गरी रोल्पा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया