रोल्पा
७-असार/ रोल्पामा एक बालकको शव फेला परेको छ । जिल्लाको माडी गाउँपालिका-५, भाबाङको बाङगाउँमा एक बालकको शव झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार १३ वर्षीय जयराम ओलीको शव झुण्डिएको अवस्थामा फेला परेको हो ।

आइतबारदेखि सम्पर्कविहीन भएका बालकको शव सोमबार घरबाट करिब ५०० मिटर टाढा राँकुको रूखमा झुण्डिएको अवस्थामा फेला परेको थियो । बालकको शवलाई पोष्टमार्टमका लागि प्रहरीको सहयोगमा रोल्पा अस्पताल ल्याइएको छ ।

प्रतिकृया

प्रतिकृया