रोल्पा
८-असार/ रोल्पामा एक महिला मृत अवस्था फेला परेकी छिन् । मृतक महिला रुन्टीगढी गाउँपालिका-५ छिन्नेटा निवासी १७ वर्षीया कृष्णी विक रहेको प्रहरीले जनाएको छ ।

मृतक विक घरेलु तथा साना उद्योग विकास कार्यालय रोल्पाले सदरमुकाम लिवाङमा संचालन गरेको ब्युटी पार्लर तालिममा सहभागी हुन केही समय अघि सदरमुकाम लिवाङ आएकी थिइन् । उनी घरेलु तथा साना उद्योग कार्यालय रोल्पाको होस्टेलमा बसेकी थिइन् ।

मृतक सुतेको कोठामा सर्पसमेत देखिएको र सर्पले टोकेको जस्तो घाउ देखिएकाले सर्पले टोकेको हुन सक्ने आशंका प्रहरीको छ । मृतक किशोरीको पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया

प्रतिकृया