रोल्पा,
१६-साउन/ रोल्पाका दुई स्थानीय तहले सामुदायिक विद्यालय समायोजन गर्ने भएका छन् । जिल्लाको गंगादेव गाउँपालिका र परिवर्तन गाउँपालिकाले विद्यालय एकापसमा गाभ्ने तथा तह घटाउने गरी समायोजन योजना अघि बढाएका हुन् । फिल्ड अनुगमन पश्चात समायोजनको काम अघि बढाउने भन्दै गंगादेव गाउँपालिका अध्यक्ष हरिबहादुर पुनले गाउँपालिकामा सबै विद्यालय अनुगमन गरिसकेका छन् । विद्यार्थी संख्या कम रहेका विद्यालयहरु तह घटाउने गरी समायोजन गर्ने अध्यक्ष पुनको भनाइ छ ।

कक्षा ३ सम्म चलेका केही विद्यालयलाई बालविकासमा, कक्षा ५ चलेका विद्यालयलाई कक्षा ३ मा र कक्षा ८ चलेका विद्यालयलाई कक्षा ५ मा कायम गर्ने गरी तह घटाउने योजना रहेको उनले बताए । रोल्पामा ४०२ सामुदायिक विद्यालयमा करिब ७० हजार विद्यार्थी अध्ययन गर्छन् । यहाँका ९५ वटा विद्यालयमा दरबन्दी शून्य रहेको शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाले जानकारी दिएको छ । गंगादेव गाउँपालिकामा ३९ वटा सामुदायिक विद्यालय रहेका छन् । परिवर्तन गाउँपालिकाले पनि ‘जनसमुदायको इच्छा र चाहना’ सहितको सुझाव र सल्लाहमा विद्यालय समायोजनको नीति अगाडि बढाइने जनाएको छ ।

परिवर्तन गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै यो बुँदा समावेश गरेको छ । ४३ वटा सामुदायिक विद्यालय रहेको परिवर्तन गाउँपालिकाले विद्यालय समायोजनका लागि यस वर्ष बजेट समेत विनियोजन गरेको छ । गाउँपालिकाले प्रा।वि।रप्रा।वि समायोजन हुने हकमा रु १० लाख अनुदानको व्यवस्था गरेको छ । यसैगरी प्रा.वि.रनिमावि समायोजन हुने हकका रु २० लाख, निमाविरमावि समायोजन हुने हकमा रु ३० लाख र माविरमावि समायोजन हुने हकमा रु ५० लाख अनुदानको व्यवस्था गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष अभिभावकको इच्छा र चाहना तथा सुझाव सल्लाहका आधारमा विद्यालय समायोजन गर्ने परिवर्तन गाउँपालिकाका प्रवक्ता हरिप्रसाद बुढामगरले बताए ।

यस अघि रोल्पाका दुई स्थानीय सरकारले पनि विद्यालय समायोजनको कार्यक्रम अघि बढाएका थिए । जस बमोजिम रोल्पा नगरपालिका उक्त कार्यक्रम सफल गर्न सकेको थिएन भने त्रिवेणी गाउँपालिकाले निजी विद्यालय सरकारी विद्यालयमा समायोजन गर्नुका साथै विद्यार्थी संख्या कम भएका सामुदायिक विद्यालय एकापसका गाभेको पनि थियो । साथै तह समेत घटाएर विद्यालय समायोजनको योजना सफल पारेको थियो । रोल्पामा विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी नहुँदा अभिभावकहरुमा व्ययभार बढेको छ । रोल्पामा ४०२ सामुदायिक विद्यालयमा करिब ७० हजार विद्यार्थी अध्ययन गर्छन् ।

यहाँका ९५ वटा विद्यालयमा दरबन्दी शून्य रहेको शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाले जानकारी दिएको छ । रोल्पाभरमा प्रावि तहमा २५२, निमावि तहमा ४३१ र मावि तहमा २९८ दरबन्दी अपुग छ । दरबन्दी नभएका ठाउँमा निजी स्रोतबाट शिक्षक राखिएको छ । जिल्लाको सुनछहरी गाउँपालिकाले अहिलेसम्म मावि तहमा एउटा पनि सरकारी दरबन्दी पाएको छैन । शिक्षकका लागि तलब कतिपय ठाउँमा अभिभावकले र कतिपय ठाउँमा पालिकाहरुले व्यहोर्दै आएका छन् ।

प्रतिकृया

प्रतिकृया