रोल्पा
२३-साउन/ रोल्पामा यात्रुवहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रोल्पा बागमारादेखि दाङ घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस सहिद मार्ग अन्तर्गत पर्ने तिला नजिक ऋचिमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

बस सडकदेखि करिब एक सय मिटर तल खसेको छ । दुर्घटनामा अन्य घाइतेहरुको उद्धार कार्य जारी रहेको प्रहरीले बताएको छ । घटनाको थप विवरण आउन बाँकी छ । फोटो : लेखनाथ वलीको फेसबुकबाट

प्रतिकृया

प्रतिकृया