रोल्पा
२३-साउन/ रोल्पामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार जना पुगेको छ । दुर्घटनामा परेर मृत्यु हुनेमा दुई जना पुरुष र दुई जना महिला रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

त्यस्तै दुर्घटनामा नौ जना गम्भीर घाइते भएका छन् । घाइतेहरूको उद्धार कार्य जारी रहेको छ । मृतकहरूको सनाखत हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।

रोल्पाको बाघमारादेखि दाङको घोराहीतर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस रोल्पाको तिला बजार नजिकै मंलबारर दिउँसो १ बजेतिर दुर्घटना भएको हो । बस सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।

 

 

प्रतिकृया

प्रतिकृया