रुकुम पश्चिम
३-असोज/ रुकुम पश्चिममा एक बालकको शव मकैबारीमा फेला परेको छ । आइतबार बेलुका आठबिसकोट नगरपालिका-५ गोतामकोटका स्थानीय टेकबहादुर विष्टका १० वर्षीय छोरा विजय विष्टको शव मकैबारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
बालकको आमाले मकैबारीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालकको शव क्षतविक्षत अवस्थामा भेटिएको प्रहरीले बताएको छ । बालक भदौ ३१ गतेदेखि हराएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया