सल्यान,
२९-भदौ /  सल्यानको सिद्ध कुमाख गाउँपालिकाको गाडीमा अज्ञात व्यक्तिले आगजनी गरेका छन् ।

शनिबारराति करिब १२ बजेतिर गाउँपालिकाको रा १ झ १७० नम्बरको गाडीमा आगजनी गरेको प्रहरीले जनाएको छ । तर गाडीमा कसले आगजनी गरेको भन्ने बिषयमा खुल्न नसकेको सल्यान प्रहरीको भनाई छ ।

गाडीमा पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्याल सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले बताए । राति भएकाले कार्यालयमा राखेको फुटेजबाट समेत चिन्न सक्ने अबस्था नरहेको उनको भनाई छ ।

 



ADVERTISEMENT

  


 


प्रतिकृया

प्रतिकृया