NEW YEAR 2078 – GREETINGS
          


सल्यान
२६-जेठ/ सल्यानको कपुरकोट गाउँपालिकामा ६२ देखी ६४ वर्ष उमेर समुहका १४७ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । मंगलबार र बुधबार संचालन गरिएको खोप कार्यक्रममा ६८ जना पुरुष र ७९ जना महिलाले खोपको पहिलो डोज लगाएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको ६ वटै वडा स्थित स्वास्थ्य संस्थामा खोल लगाउने ब्यवस्था मिलाइएको थियो । वडा नं १ मा १० जना, २ मा २७ जना, ३ मा ४२ जनाले खोप लगाएका छन् । यस्तै वडा नं ४ मा १५ जना, ५ मा २९ जना र ६ मा २४ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएको स्वास्थ्य शाखाका सिअहेव सुवाश हमालले जानकारी दिएका छन् ।

१२४ जना कोरोनामुक्त

यसैवीच कपुरकोट गाउँपालिकामा गत बैशाखयता १२४ जना कोरोनामुक्त भएका छन् । पिसिआर र एन्टीजिन परिक्षण गर्दा संक्रमण पुष्टी भएका १५५ जना मध्ये १२४ जना निको भएका हुन् । गाउँपालिकामा हाल ११ जना महिला र ११ जना पुरुष गरेर २२ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये २१ जना होम आइसोलेसन र १ जना अस्पतालमा उपचाररत छन् । संक्रमित मध्ये ९ जनाको भने मृत्यु भएको छ ।

प्रतिकृया

प्रतिकृया