सल्यान
१५-भदौ/ मदन भण्डारी लोकमार्ग अन्तर्गत तुलसीपुर-कालिमाटी-बाटेचौर सडकखण्डको कालोपत्रे गर्ने सम्झौताको म्याद सकिएको छ । तर उक्त सडक खण्डको काम भने आधा पनि हुन सकेको छैन् ।


                                                                         बिज्ञापन
   



कालिका जेभी निमार्ण कम्पनीले २०७८ असार २० सम्म कालोपत्र सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । यस अवधिमा ३० किलोमिटरमध्ये पाँच किलोमिटर मात्र कालोपत्रे गरेको छ । कालिकाले ४४ करोड रुपैयाँमा कालोपत्रे गर्ने सम्झौता गरेको हो ।

ठेकेदार कम्पनीको लापरवाहीका कारण कालीमाटीको सिमलकुनादेखि सल्यान-सुर्खेतको सिमाना काच्लेडाँडासम्म सडकको अवस्था दयनीय रहेको स्थानीयले बताउने गरेका छन् । दाङ र सल्यानको सिमानामा पर्ने एक्लेबरदेखि कालीमाटी गाउँपालिकास्थित शारदा पुलसम्म मात्र कालोपत्रे भएको छ । कालिका जेभीका ठेकेदार ठाकुर कँडेलले कोरोनाका कारण सडक निमार्णमा ढिलाइ भएको बताए । कोरोना महामारीका कारण लगातार दुई वर्षसम्म सडक निर्माण ठप्प भएको उनको भनाइ छ । लकडाउनकै कारण समयमै कच्चा पदार्थ ल्याउन नसकिएको कँडेलले बताए ।

सडक डिभिजन कार्यालय दाङका इन्जिनियर अमीर सुवेदीले ठेकेदारले जनशक्ति र आवश्यक सामग्रीको व्यवस्था गर्न नसक्दा काममा ढिलाइ भएको बताए । काम छिटो गर्न पत्र काटेको तर ठेकेदार कम्पनीले बेवास्ता गरेको उनको भनाइ छ ।

प्रतिकृया

प्रतिकृया