सल्यान,
१-कात्तिक/ सल्यानमा अरिंगालको टोकाइबाट आमाछोरीको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । जिल्लाको सिद्ध कुमाख–१ हमपालकी २१ वर्षीया शोभा बस्नेत बुढाथोकी र उनकी छोरी चार वर्षीया प्राप्ति बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सोमबार साँझ खेतमा धान काटी घर फर्किने क्रममा बाटोमा अरिंगालले तीनजनालाई टोकेको थियो । श्रीनगरस्थित परोपकार हस्पिटलमा सामान्य उपचार गरी थप उपचारका लागि कोहलपुर बाँके लैजाँदै गर्दा बाटोमै प्राप्तिको बाटोमै मृत्यु भएको हो । शोभालाई भने मंगलबार बिहान कोहलपुर मेडिकल कलेजमा जाँच गर्ने क्रममा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए ।

अर्का घाइते मृतक शोभाका काका नाता पर्ने २१ वर्षीय नवीन बस्नेतको श्रीनगर स्थित परोपकार हस्पिटलमा उपचार भइरहेको छ । मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया