लक्ष्मण बस्नेत, तुलसीपुर 
२० असार/ क्विक्स कप अन्तर विद्यालय स्तरिय फुटबल प्रतियोगिता २०७६ को उपाधी छात्रा तर्फ फातिमा स्कुल  तुलसीपुर र छात्र तर्फ गोरखा माबि  तुलसीपुरले हात पारेका छ्न्।

अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघको आयोजनामा संचालित प्रतियोगिताको छात्र तर्फको फाईनल खेलमा नेपाल प्रहरी स्कुल घोराहिलाई ट्राईवेकरमा पाखा लगाउदै गोरखा माबी  तुलसीपुरले उपाधी चुमेको हो।

कडा प्रतिस्पर्धात्मक खेलको निर्धारित समय सम्म १-१ गोलको बराबरी भएपछि खेलको नतिजा ट्राइवेकरमा गएको थियो । नेपाल प्रहरिका तर्फ बाट जर्सी न १३ का करण सिह यादबले खेलको ५ औ मिनेटमा पहिलो गोल गरे । त्यस्तै गोरखा माबिका जर्सी न ७ का खेलाडी दिनेश चन्दले ४८ औ मिनेटमा जवाफि गोल गर्दै टिमलाई १-१ को बराबरीमा पुर्‍याउन सफल भएका थिए ।

 



ADVERTISEMENT

  


 


त्यस्तै छात्रा तर्फ नेपाल प्रहरी स्कुल घोराहिलाई शून्य का विरुद्ध १ गोल अन्तरले पराजित गर्दै फातिमा स्कुल तुलसिपुरले उपाधी हात पारेको हो । फातिमाका तर्फ बाट जर्सी न १६ का ममता पुनले पहिलो हाफ्मा गरेको गोल नै निर्णायक गोल सावित भयो ।

प्रतियोगितामा जिलामा स्थापित ५३ बिध्यालयको सहभागिता रहेको थियो । खेलमा मुख्य रेफ्री बिनोद बिक,सहायक रेफ्रीमा खुम बहादुर ओलि,आदेश केसि,फोर्थ अफिसियलमा सुरेश मगर र मिङमा चौधरी रहेका थिए ।

प्रतिकृया

प्रतिकृया