काठमाडौं
असार १० / इंग्लिस प्रिमियर लिगमा टोटनह्यमले वेस्ट ह्यामलाई २–० गोलले पराजित गरेको छ । टोटनह्यामले पछिल्लो ८ खेलमा पहिलो जित निकालेको हो । मंगलबार राति भएको खेलमा टोटनह्यामले ६४ मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएको थियो ।

वेस्ट ह्यामका चेक मिडफिल्डर टोमस साउचेकले टोटनह्यामका जिओभानीको कर्नर रोक्ने क्रममा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए। ८२ मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गरेर टोटनह्यामको अग्रता दोब्बर पारे । जारी सिजनमा केनको यो १८औं लिग गोल हो । जितपछि टोटनह्याम ३१ खेलबाट ४५ अंक जोड्दै सातौं स्थानमा उक्लिएको छ ।

यता हारसँगै वेस्ट ह्याम भने संकटमा परेको छ । रेलिगेशनबाट बच्न संघर्षरत १७औं स्थानको वेस्ट ह्यामको ३१ खेलबाट २७ अंक छ । रेलिगेशन जोनमा रहेको १८औं स्थानको वर्नमाउथको पनि २७ अंक नै छ। यद्यपी उसले एक खेल कम खेलेको छ । त्यसैले वेस्ट ह्यामले रेलिगेशनबाट जोगिन बाँकी रहेका ७ खेलमा राम्रो खेलेर मात्र पुग्दैन अरु टिमको नतिजामा पनि भर पर्नु पर्नेछ ।

प्रतिकृया

प्रतिकृया