दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

२२ भदौ / पपुवान्युगिनी (पीएनजी) विरुद्धको मैत्रीपूर्ण एक दिवसीय क्रिकेटमा नेपाल विजयी भएको छ । उसले दिएको १३५ रनको लक्ष्य पछ्याएको नेपाल २ विकेटले विजयी भएको हो ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



नेपाललाई जिताउनका लागि रोहित पौडेल र सोमपाल कामीको प्रदर्शन उत्कृष्ट रह्यो । सामान्य लक्ष्य पछ्याउने क्रममा नेपालको मिडिल अर्डर यस पटक पनि धरमराउन पुग्यो । ओपनिङ साझेदारीको रुपमा कुशल भुर्तेल र अशिफ शेखले मजबुत ९४६० रनको साझेदारी गरे पनि त्यसपछि लगातार विकेट पतन हुँदा नेपालको पुरानै ब्याटिङ समस्या यस पटक पनि देखियो ।

नेपालको स्कोर बोर्डमा सर्वाधिक रन बनाउने खेलाडी छैटौं नम्बरमा क्रिजमा आएका रोहित पौडेल हुन् । उनले सर्वाधिक ४१ रन बनाएका थिए । जितका लागि १ रन आबश्यक परेका बेला रोहित आउट भएका थिए ।

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 

यसैगरी दोस्रो सर्वाधिक रन बनाउने खेलाडी आशिफ शेख हुन् । उनले ३० रन बनाउँदा सोमपाल कामीले नट आउट २२ रनको योगदान गरे । यसैगरी कुशल भुर्तेलले १५ रन बनाउँदा अन्य खेलाडीको प्रदर्शन सम्झन लायक रहेन ।

कप्तान ज्ञानेन्द्र मल्ल र अर्का भरपर्दा खेलाडी शरद भेषावकरले ६–६ रन बनाउँदा आरिफ शेखको ब्याटबाट ९ रन निस्किएको थियो । पवन शर्राफले खाता नै खोल्न सकेनन् भने कुशल मल्ल पनि एक रन बनाउँदै पभेलियन फर्किएका थिए । त्यसपछि रोहित र सोमपालले नेपालको पारि अघि बढाएका थिए । रोहित ४१ रनमा आउट भए भने सोमपाल २२ रनमा नटआउट रहँदै नेपाललाई जित दिलाए ।

टस जितेर पहिला ब्याटिङ गरेको पीएनजीले ३२ ओभरमा १३४ रन बनाउँदा अल आउट भएको थियो । पीएनजीका लागि लिगा सैकाले सर्वाधिक ३० रन बनाउँदा कार्लेस अमिनीले २३ रनको योगादन गरेका थिए ।

नेपालका लागि सन्दीप लामिछानेले चार विकेट लिँदा आजै डेव्यु गरेका बिक्रम सोबले २ विकेट लिएका थिए । यसैगरी कुशल मल्लले दुई विकेट लिँदा सोमपाल कामीले एक विकेट लिए ।

नेपाल, ओमन र अमेरिकासँगको आईसीसी विश्वकप लिग टु अन्तर्गको सिरिजका लागि अहिले ओमानमा रहेको छ । उक्त सिरिज अघि नेपाली टिमले पीएनजीसँग अभ्यास खेल खेलेको हो ।

नेपालका तर्फबाट आज ६ जना बलरले बलिङ गरेका छन् । पहिलो ओभर बलिङ गरेका सोमपालले ७ ओभर बलिङ गर्दा ३७ रन खर्चिए १ विकेट हात पारे ।

विक्रम सोबले ५ ओभर बलिङ गरे । उनले १ ओभर मेडन राख्दै २० रन खर्चिएर २ विकेट हात पारे । आरिफ शेखले २ ओभर बलिङ गर्दा १४ रन खर्चिएका थिए । चौथो बलरको रुपमा सन्दीप लामिछानेले मात्रै आफ्नो पुरा स्पेल गरे ।

उनले १० ओभरमा ३५ रन खर्चिएर ४ विकेट लिएका थिए । कुशल मल्ले ७ ओभर बलिङ गर्दा एक ओभर मेडन राख्दै १९ रन खर्चिएर २ विकेट हात पारे । यसैगरी छैटौं बलरको रुपमा पवन सर्राफले २ ओभर बलिङ गर्दा ७ रन खर्चिएका थिए ।

प्रतिकृया

प्रतिकृया


      दशै / तिहार एंम छठ पर्बको शुभकामना