लक्ष्मण बस्नेत,तुलसीपुर
११ असोज/ दाङको तुलसीपुरमा तुलसीपुर नगर स्तरिय वातासिनो कप फुटबल प्रतियोगिता २०७९ सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी युवा जन स्वयंसेवक नेपाल दाङको आयोजना तथा दाङ वातासिनोको सहयोगमा संचालित प्रतियोगिताको उद्घाटन नेपाल कम्युनिस्ट पार्टी बहुमतको संगठनका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज तिलक पुनले गरेका हुन ।
उद्घाटन समारोह लाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेकाका ईन्चार्ज पुनले जिल्लामा सुस्ताएको खेलकुदको बिकास र प्रवर्द्धनका लागि सबै एक भएर लाग्नु पर्ने बताएका छन । खेलकुद धेरै पछाडी पर्यो खेलकुद लाई बुझ्ने र हेर्ने दृष्टिकोण सोछे अनुरुप हुन सकेन जसका कारण खेलकुदले अपेक्षाकृत फड्को मार्न सकेन उनले भन्नू भयो । साथै उनले भन्नू भयो अब हामी खेलकुदको बिकासमा एक भएर लाग्नु र जुट्नु पर्ने बेला आएको छ ।
प्रतियोगिताको उद्घाटन समारोह नेपाल कम्युनिस्ट पार्टी बहुमतको संगठन युवा जन स्वयंसेवक नेपाल दाङका अध्यक्ष अजय दुलालको अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टी बहुमतको संगठनका केन्द्रिय सदस्री एवं जिल्ला ईन्चार्ज तिलक पुनको प्रमुख आतिथ्यमा भएको थियो । लिलाधर परियारको स्वागत रहेको कार्यक्रमको संचालन शेर बहादुर परियारले गरेका थिए।
यसैबीच प्रतियोगितामा एस एस एफ ए तुलसिपुरले बिजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा तुलसीपुर उपमहानगरपालिका वडा न १८ लाई १ का विरुद्ध ३ गोल अन्तरले पराजित गर्दै एस एस एफ ए तुलसीपुरले बिजयी सुरुवात गरेको हो ।
फुटबल खेलको बिकास र प्रवर्द्धन संगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा तुलसीपुर नगर क्षेत्रमा १९ वडाका १६ टिमको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । ५ दिन सम्म चल्ने प्रतियोगिताको बिजेता टिमले नगद ५० हजार रुपैयाँ, कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपविजेता टिमले नगद २५ हजार रुपैयाँ,मेडल तथा प्रमाणपत्र हात पार्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगिता अन्तरगत भोलि मंगलबार वडा न ६ र ९ भिड्ने छन् । खेल बिहान ७ बजे बाट सुरु हुनेछ ।