नेपालमा कुरा सय काम शुन्य गर्ने
नेताहरू जनतालाई गफमा भुलाई रहेछन् ।
बिचरा नेतालाई कुलदेवता ठान्ने
सोझा जनतालाई विकासे हावामा उडाइ रहेछन् ।।

१० वर्षे लोडसेडिङको मारमा पनि
चुपचाप सहेर बसेकै थियांै ।
कुलमानको लोडसेडिङ मुक्त नेपाललाई
सामाजिक सञ्जालमा प्रशंसा पनि गरेकै थियौं ।।

कुलमानको पुनर्नियुक्तिको लागि
फेसबुकका भित्ताहरूमा ‘वी वान्ट कुलमान’ भन्दै रंगाएकै थियौैं ।
कुलमानलाई हटाइयो तै पनि नेताहरूको मनोमानीलाई
निरिह हामी त्वम् शरणम् गर्दै चुपचाप नै थियांै ।।

बहुदल आएपछि देशका गौरवका सम्पत्तिहरू बेचिए
यद्यपी हामीले बेच्नेहरूको जयजयकार गरेकै थियांै ।
१७००० को नरसंहार र देशको सम्पत्ति खरानी हुने गरी
गरिएको जनयुद्धको बेला पनि चुपचाप बसेकै थियौं ।।

बोल बोल नेपाली अब अति भयो ।
गलतलाई बिरोधको भाषा दिएर बोल
अन्यायमा पनि चुपचाप सहेर बस्ने
तिम्रो बन्द दिमागको ताला अब खोल ।।

नित्य कर्मले सदैब गरौं
ईश्वर र माता पिताको बन्दना ।
नेपाल देशका धमिरा सबै सखाप होउन
भनी अब गरौैं सबैले प्रार्थना ।।
अनोद श्रेष्ठ                                                                  दाङ घोराही/ तुलसीपुर
हाल: लण्डन युके ।

प्रतिकृया

प्रतिकृया