मेगराज खड्का, रुकुम
२४-माघ / जिल्लाको पुर्वी क्षेत्रमा रहेको काँक्री गाविस जिल्लाकै एक दुर्गम गाविस हो । त्यस गाविसको वडा नं. ७ खुईममा जनजाती सामुदायको मात्र बसोबास रहेको छ । त्यो समुदाय गाविसको पनि अझ दुर्गम र अशिक्षित गाउँ हो । परम्परागत खेतीपाति गरेर गुजारामुखी जीवनयापन गर्दै आएका त्यहाँका स्थानीय त्यसकै कारणले अगाडि बढ्न सकिरहेका थिएनन्।

om-fitness

जव त्यस गाविसमा गरिवी निवारण कोष र मिक नेपाल रुकुमको साझेदारीमा सञ्चालित दिगो सामुदायिक विकासको लागि आयआर्जन कार्यक्रम सञ्चालन भयो, त्यसपश्चात त्यस वार्डमा सुन्दर सामुदायिक संस्था गठन गरियो । त्यस सामुदायिक संस्थाले सकृयताका साथ विभिन्न क्रियाकलाप गर्दै आयो र पछि गरिवी निवारण कोषबाट घुम्ति कोष स्वरुप पहिलो र दोस्रो किस्ता गरि २०६९ मा ४ लाख ४० हजार रुपैयाँ अनुदान प्राप्त भयो ।

संस्थाका सचिव राजवीर घर्ती पनि एक विपन्न परिवारमा पर्ने व्यक्ति हुन् । उनको परिवारमा ४ महिला र ३ पुरुष गरि ७ जना परिवार संख्या छ । यती ठुलो परिवारलाई पाल्न कुनै पनि व्यवसाय नभएकोले उनलाई परिवार पाल्न धौधौ परेको थियो । परिवार पाल्न गाउँमै ज्याला मजदुरी समेत गर्नु पथ्र्यो भने कहिले यार्सागुम्वा संकलन गरी आम्दानी गर्न रन्मामैकोटको बुकी जानुपथ्र्यो भने कहिले कालिपहाडतिर ।

यसरी दिन विताई रहेको समयमा उनले विदेश गई मनग्य आम्दानी गरेर परिवार पाल्ने र थोरै भए पनि पैसा कमाई सुखी र खुसी परिवार वनाउने योजना वनाई रहेका थिए । उनले आफ्नो परम्परागत खेतिपातीको साथै खुद्रापसल गर्न सामुदायिक संस्थामा ऋण मागको लागि निवेदन पेश गरे पछि संस्थाले ऋण दिने निर्णय गर्यो  र उनले ऋण पाए ।

संस्थाको घुम्ती कोषवाट ५० हजार रुपैयाँ ऋण लिई काक्री लुकुमको जलवाजरमा खुद्रापसलको सुरुवात गरे । केहि समय पछि आफ्ना ग्राहकहरु बढ्दै गएपछि दिनमा कम्तीमा पनि ५-६ सय आम्दानी हुन थालेको छ । यहि आम्दानीले परिवारको छाक टार्ने, शरीरमा लगाउने कपडा खरिदको साथै विद्यायल पढ्ने छोराछोरीहरुको खर्च समेत गरिरहेका छन ।

सामुदायिक संस्थाले गर्दा सहयोग पाई जीवन परिवर्तन गर्ने अवसर मिलेकोमा उनी खुशी व्यक्त गर्छन् । ‘गरीवी निवारण कोष र मिक नेपालको सहयोगले गर्दा कमाई गर्न विदेश जानु परेन, “गाउघरमै वसी राम्रै आम्दानी भई रहेको छ” उनले भने ।

प्रतिकृया

प्रतिकृया