बसन्त परियार, तुलसीपुर
२१-मंसिर /  भनिन्छ , दुख काटेपछि सुख आउछ नै तर परीश्रम नगरी आफै सुख आउदैन । हाम्रो समाजमा केहि न केहि ब्यबसाय गरेर छोटो समयमा नै जिवन बदलिएको धेरै लाई देखेका छौ ।

जो हिजो खालि पेट अनि खालि खुट्टा भौतारीएर मेहनत गथ्र्यो उस्को आज जिवनसैलि बदलिएको हुन्छ । हो , यस्तै जिवनयापन फेरीएको छ । तुलसीपुर १८ कौवापुर बस्ने कमला खड्का भण्डारीको । त्यो पनि कुखुरापालन ब्यबसाय बाट । उनले अण्डा दिने लेस जातको कुखुरा पालेर आफ्नो परीवार लाई बदलि दिईन । रोल्पावाट २०६५ सालमा झरेको उनको परीवारमा केहि नभएपनि उनि उक्त ब्यवसाय संग जोडिईन । सानो घरको बुकुरो बाहेक अरु केहि थिएन उनको परीवारमा ।

केहि ऋण साहु गरेर भएपनि केहि न केहि नगरी भएन भनेर खड्का आफै कस्सीएन कुखुरा पालन ब्यबसाय तर्फ । उनले लेस जातका बच्चा फर्ममा हालिन । अनि चल्लाले अण्डा दिन थालेपछि उनले विक्रि गर्न सुरु गरीन । सुुरु सुरुमा अण्डा विक्रिमा साह्रै समस्या आयो । त्यसपछि उनि आफै रीक्सामा अण्डा हालेर गाउ गाउमा पुगेर बेच्न थालिन । कैयौ पटक तुलसीपुर सम्म हिडेर खालि खुट्टा काखमा बच्चा चेपेर अण्डा विक्रि गरीन् ।

 

 

यसरी पहिलो लटमा उनले सबै खर्च कटाएर झण्डै ५ लाख रुपैया जति आम्दानी गर्न सफल भईन । अनि फेरीयो उनको जिवन । “त्यस्ता दिन पनि थिए कैयौ रात खाना नखाएर सुत्यौ , एक सरो लुगा लाएर बसियो” उनी भन्छीन् । तर आज खुट्टामा चप्पल छन् ३ छोराछोरी बोर्डिङ्ग स्कुल पढ्छन । उनले भनिन् त्यी दुखका दिन सम्झीदा रुन मन लाग्छ , अनि आफैलाई आफुले सम्हाल्छु । अहिले उनको फर्ममा लगभग ६ सय ५० वटा लेस कुखुरा छन । ति कुखुराले लगभग ९ सयको हारहारीमा अण्डा पार्दछन । ति अण्डा बाट मात्रै लगभग २ हजार देखि २ हजार ५ सय सम्म दैनिक रुपमा कमाई हुन्छ उनको । पहिलो लटमा अण्डा विक्रि हुन सहज थिएन तर अहिले घरबाटै विक्रि भैरहेको उनले बताईन ।

उमेरले ३२ बर्षकि खड्काका श्रीमान् लिलाधर भण्डारीले श्रीमतिको ब्याबसयिक कुखुरापालन बाट राम्रो आम्दानी भएको बताउछन । उनका अनुसार परीवारमा उक्त ब्यबसायले खुसी नै ल्याएको उनि बताउछन । अहिले आफु बोर्डिङ्ग स्कुलमा पढाउछन । शनिवारको फुर्सदिलो समयमा काममा आफुले पनि सघाउछन तर अधिकांस काम आफैले नै गर्छिन उनि ।

यसरी दुख गरेपछि सफल भईदो रैछ भन्ने उदाहरण यो भण्डारी परीवारले गाउघरमा देखाएको छ । यसरी आर्थिक रुपमा सम्पन्न भैनसकेपनि हिजोको परीवारको स्थिति र आज धेरै फरक भएको उनिहरु बताउछन । हिजो भोकभोकै बस्नुपर्ने बाध्यता आज हटेर गएको छ । आर्थिक रुपमा समृद्ध हुन लाई यी महिलाले आफैले फर्म सञ्चालन गरेर गरेको यो उदाहरणिय काम बाट केहि सिक्न सक्नुपर्दछ ।

प्रतिकृया

प्रतिकृया