बालाराम खड्का, तुलसीपुर
२२-मंसिर / तुलसीपुरका एक व्यक्तिले चटपटे बेचेर मनग्य आम्दानी गर्ने गरेका छ्न् । सडकमा चटपटेको व्यापार बाट मासिक रु ५० हजार बढी आम्दानी गर्ने गरेका छन् ।
दाङको तुलसीपुर निवासी दिनेश जैसवालले चटपटे बेचेर रु ५० हजार बढी आम्दानी गर्ने गरेको बताए ।उनले दैनिक रु दुईहजारको व्यापार गदै आएको बतए । ‘विदेशमा पसिना बगाउनु भन्दा स्वदेशमै केही गर्नु पर्छ भन्ने मान्यताले केही बर्ष देखि चटपटेको व्यापार गर्न लागेको हुँ न भाडा तिर्नु पर्छ नत साहुको भनाई खानुपर्छ यो मैले मासिक रु ५० हजार बढी आम्दानी गर्ने गरेको छुु -जैसवालले भने ।
पैसा कमाउन ठुलो लगानि लगाउनुपर्छ भन्ने मान्यता छैन् सानो सानो व्यापारले पनि परिवार पालेको छु उन भन्नु हुन्छ । जैसवालका दैनिक एक सय ५० जना ग्राहकहरु छन् । विहान १२ वजे देखि साझँ ९ बजे सम्म चटपटेको व्यापार गर्ने गरेको उनले बताए । ६ जनाको परिवार चटपटे बेचेरै पालेको उनको भनाई छ । उनका ४ जना छोरा छोरीलाई पढाउने तथा घर खर्च चटपटे बेचेरै पुग्ने बताए ।
जैसवालले एउटा छोरा र छोरीलाई यही आम्दानीले विए सम्म पढाएको बताए । बजरंग स्पेशल चटपटा सवैको रोजाई छ एक पटक खाएको ग्राह खोजदै आउछ उनले भने । जैसवालको चटपटे यहाँका उद्योग व्यापारी, कर्मचारी र विद्यार्थीलगायतल सवैले खोजी खोजी खाने गरेका छन् । विहान भरी चटपटेको सामान तयार पाछु १२ बजे देखि बेचन सुरु गर्छु दिन भर फुसद हुदैन उनले भने ।