४ जनालाइ रोजगारी प्रदान

शंकर के सी, सल्यान,
५-बैशाख / कुनै पनि काम सफल पार्नका लागी मिहेनत र लगनशिलता चाहिन्छ । परिश्रमले नै मानिसलाइ सफल बनाउँछ । हर क्षेत्रमा काम गर्ने र कुनै पनि पेशा व्यवशाय अंगालेका व्यक्तिलाइ मिहेनत गर्नुपर्छ भन्ने कुराको ज्ञान हुन आवश्यक छ । यस्तै लगनशिलता मिहेनत र परिश्रमले सल्यान त्रिवेणिका एक व्यवशायी सफल भएका छन् । नाम उनको हेमराज ओली हो ।

त्रिवेणि ७ पोखरिमा जन्मिएका  ६० वर्षिय हेमराजले विक्रम संवत् २०५२ सालमा त्रिवेणिकै लुहाम बजारमा १६ हजार लगानी गरेर किराना पसल शुरु गरेका थिए । र अहिले उनी भन्छन्, ‘अहिले मेरो एउटा हार्डवयर, एउटा भाँडा पसल र एउटा आइएमइ छ ।’ प्राय हार्डवयर पसलमा बस्ने उनले ग्राहकसंग मिठो बोलिले कुरा गर्छन् । सायद उनीबाट ग्राहकहरु कहिले पनि  विच्कीएका छैनन् । कारण, हेमराजले ग्राहकहहरुलाइ विश्वास दिलाएका छन्, उनको विश्वास साहुहरुले पनि गर्छन् ।

हेमराजले भने, ‘व्यापार गर्दा कहिले घाटा हुन्छ, कहिले नाफा हुन्छ, तर कहिलै पनि आत्तीनु हुँदैन, मिहेनतको फल मिठो हुन्छ ।’ सल्यानको सानो बजार लुहाम र त्यसमाथी सानो किराना पसल । तै पनि हेमराजले मिहेनत गर्न छाडेनन्, निरन्तर लागिरहे  । त्यहि किराना पसलबाट कमाएको ५ लाख रुपैयाबाट हार्डवयर पसल खोलेको उनले जनाए । ‘म संग झारझुर पारेर ५ लाख रुपैया जम्मा भयो, यस क्षेत्रमा एउटा हार्डवयरको आवश्यकता महसुस गरेर मैले दिपक इन्टरप्राइजेज नाम दिएर पसल शुरु गरेँ, व्यापार राम्रै भइरहेको छ’, हेमराजले भने ।

यसकै सफलताबाट अहिले आइएमइ र भाँडा पसल पनि सञ्चालन गरिएको उनले जनाए । हेमराजले आफुलाइ सफलता हात पर्नुमा परिवारका सबै सदस्यको साथ सहयोगले ठूलो भुमिका खेलेको जनाउँछन् । श्रीमती, छोरा, बुहारि, नाती सबैबाट अहिले पनि राम्रो साथ पाइरहेको हेमराज जनाउँछन् । उनको एक छोरा र नाती अहिले व्यवशाय सम्हालेर बसेका छन् भने अन्य ४ जनालाइ पनि हेमराजले रोजगारि दिएका छन् ।

कक्षा ८ पास गरेका हेमराजले सानै देखि व्यापार गर्ने इच्छाका साथ धेरै पढ्नतिर मन नगएको जनाउँछन् । यद्यपि पढाइ मानिसलाइ अत्यन्तै आवश्यक रहेको जनाउँछन् । उनले भने, ‘मैले अझ धेरै पढेको भए अहिलेको भन्दा पनि ठूलो व्यापारी बन्थेँ होला ।’ उनले व्यापार, व्यवशाय गर्न चाहनेहरुले अरुले जे व्यापार गरेका छन् त्यहि गर्नुभन्दा अलि फरक व्यवशाय अंगाल्नुपर्ने जनाउँछन् ।






प्रतिकृया

प्रतिकृया