तुलसीपुर अनलाईन डट कम (Tulsipuronline.com) अनलाईन टेक प्रा लि द्वारा सञ्चालित वेब पोर्टल हो ।  यसले दाङ जिल्ला सहित छिमेकी जिल्लाहरुमा केन्द्रित रहेर समाचार, जानकारी, डिरेक्ट्री, रोजगार तथा अन्य सामाग्री प्रकाशन गर्दछ ।

अब तपाईंले समाचारका लागि कुर्नै पर्दैन । तपाईं हरेक क्लिकमा पलपलका ताजा खबरहरु प्राप्त गर्न सक्नुहुनेछ । सामाजिक उत्तरदायित्वसहितको पत्रकारिता हाम्रो अभिष्ट हो । हामी समाज र आमनागरिकको तर्फवाट ‘वाचडग’को भूमिका निर्वाह गर्नेछौं । यो हाम्रो प्रतिवद्धता हो ।

आमनागरिक र समाजहितको पक्षमा हामी खरो उत्रने छौं । हामी जे देख्छौं निर्भिक भएर त्यही लेक्छौं । व्यक्तिगत सम्बन्ध अलग पाटो हो तर हामी प्रस्तुत हुँदा कसैको समर्थन र विरोधमा कदापि प्रस्तुत हुनेछैनौँ । आमनागरिकको अहित हुने काम भएको छैन भने हामी कुनै व्यक्ति, कार्यालय वा संस्थाप्रति कुनै खालको आग्रह वा पूर्वाग्रह रत्तिभर राख्नेछैनौं । तर त्यसको बर्खिलापमा भए हामी कसैको विरुद्धमा पनि सत्य तथ्य उजागर गर्न छाड्ने छैनौ । तर त्यो तपाईंको साथ समर्थन र सल्लाह, सुझाव विना सम्भव छैन ।

हाम्रो पहुँच र क्षमता भनेको पाठक अर्थात् तपार्इं नै हो । त्यसैले तपार्इंले दिने सूचना र सल्लाह हाम्रो लागि मार्गदर्शन हो, प्रेरणाको स्रोत हो । त्यसैले आउनुहोस् समाजका कुरिती, कुसंस्कार, अन्याय, अत्याचार, भ्रष्टाचार अनि ढिलासुस्तीको भण्डाफोर गरौं । कला, साहित्य, शिक्षा, स्वास्थ्य र हाम्रो सम्पदा संरक्षणमा जुटौं । हाम्रो उद्देश्य सभ्य समाज निर्माण हो । त्यसका लागि हातेमालो गरौं ।

Manu
मनु राज शर्मा – प्रबन्ध निर्देशक


hemraj-dangi
हेमराज डाँगी – प्रबन्धक


manish-sharma
मनिष शर्मा – सहायक प्रबन्धक



बिपुल पोख्रेल – सल्लाहकार

Sudip Gautam
सुदीप गौतम – सल्लाहकार

Sudarshan-Rijal
सुदर्शन रिजाल – सल्लाहकार


balaram-khadka
बालाराम खड्का –   सम्बाददाता (तुलसीपुर) 

sharad-regmi
शरद रेग्मी – सम्बाददाता (तुलसीपुर) 


nimu-sangam-gharti
निमुसंगम घर्ती – बरिष्ठ संवाददाता (घोराही)


Shankar-Salyan
शंकर के.सी –  सम्बाददाता (सल्यान)


Rudra-Oli
रुद्र वली – ग्राफिक डिजाइनर