एजेन्सी – इन्टरनेट कम्पनी याहूले आफना ५० हजार बढी प्रयोगकर्ताको एकाउण्ट ह्याक भएको दावी गरेको छ । ह्याक गरिएका डाटामा प्रयोगकर्ताको नाम, इमेल, फोननम्बर, पासवर्ड लगायत अन्य महत्वपूर्ण जानकारी समाबेश रहेको याहूले जनाएको छ ।

याहूले आफना सबै प्रयोगकर्तालाई  सन् २०१४ पछि प्रयोगमा रहेको आफ्नो पासवर्ड परिवर्तन गर्न अपिल समेत गरेको छ । साइबर जगतमै अहिलेसम्मको ठूलो र गम्भिर आक्रमण  भएको याहूको दावी छ । गत अगष्टमा पिस नाम गरेको एक ह्याकरले २० करोड बढी प्रयोगकर्ताको एकाउण्टमा रहेका महत्वपूर्ण जानकारी बेच्ने कोशिष गरेको थियो ।

 पटकपटक भएका साइबर आक्रमणको बिषयमा अमेरिकी संघीय अनुसन्धान व्यूरो एफविआईले अनुसन्धान जारी राखेको जनाइएको छ ।   गत जुलाइमा अमेरिकी टेलिकम कम्पनी भेरिजोनले याहूलाई ४ सय ८० करोड डलरमा खरिद गरेको थियो । अहिलेको यो हयाकिङले सो खरिद र मूल्याङ्कनमा कस्तो असर पर्छ भन्ने कुरा भने खुलाइएको छैन ।

प्रतिकृया

प्रतिकृया