काठमाडौ, ७ मंसिर । नेपाल सरकारका डिजिटल सूचना कति सुरक्षित होलान् रु पक्कै पनि पूर्ण सुरक्षित नै हुनुपर्छ, राष्ट्रिय महìवका सूचनाको व्यवस्थापन भएकै होला । यस्तै सोच्दै हुनुहुन्छ भने तपाईं गलत हुनुहुन्छ ।
बाढीपहिरो, भूकम्प वा अन्य यस्तै प्राकृतिक प्रकोप तथा प्रलयबाट डिजिटल डाटा सुरक्षित रूपमा राख्न कुनै पनि देश वा डाटा सेन्टर सञ्चालकले आफ्ना डिजिटल डाटा अधिकतम सुरक्षित राख्ने प्रयास गरेका हुन्छन् तर सिंहदरबारभित्र गृहमन्त्रालयको हातामा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरको एउटा पनि डिजास्टर डाटा रिकभरी सेन्टर छैनभन्दा पत्यार नलाग्न सक्छ तर यो सत्य हो ।
हाल सञ्चालनमा रहेको डाटा सेन्टरको रिकभरी सेन्टर नहुँदा विपद् आइपरेमा कसरी रिकभरी गर्ने भन्ने समस्या छ ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका सूचना अधिकृत रमेश पोख्रेलले हाल सबै डाटाको ब्याकअप केन्द्रमै विभिन्न स्टोरेज डिभाइसमा गर्ने गरेको बताएका छन् ।
यसरी विभिन्न डिभाइसमा केन्द्रमै राखिएका डाटा भने डिजास्टर रिकभरी सेन्टरमा राखिएको डाटासरह सुरक्षित नहुने उल्लेख गरेको खबर आजको गोरखापत्र दैनिकमा छ ।
सूचना अधिकृत पोख्रेलले क्लाउडमा डाटा राख्न त्यति सुरक्षित र भरपर्दो नहुनेहुँदा सरकारी डाटा क्लाउडमा नराखिएको जानकारी दिए ।
हेटौँडामा निर्माणाधीन ब्याकअप सर्भर डिजास्टर डाटा रिकभरी सेन्टर अबको पाँच÷छ महिनाभित्र सञ्चालनमा आउँछ ।
त्यसपछि हामी केन्द्रमा रहेको सर्भरको सम्पूर्ण डाटा निरन्तर ब्याकअप गछौँ सूचना अधिकृत पोख्रेलले भने । हेटौँडाको डिजास्टर डाटा रिकभरी सेन्टरलाई केन्द्रसँग जोड्न विद्युत् प्राधिकरणको अप्टिकल फाइबर प्रयोग हुने जानकारी दिए ।
नेपाल सरकार र दक्षिण कोरियाबीच सरकारी एकीकृत डाटा केन्द्रको डिजास्टर रिकभरी सेन्टर निर्माणका लागि सम्झौता भएपश्चात् सरकारी डाटालाई दुर्घटना तथा अन्य प्राकृतिक प्रकोपबाट सुरक्षित राख्न हेटौँडामा यो सेन्टर बन्न लागेको हो ।