‘जाजरकोटका जनता दुःखमा परेका बेला म काठमाडौँमा बस्न सक्दिन’
सुर्खेत बैशाख ७ / प्रा.डा गोविन्द केसी महामारीले थला परेको जाजरकोटमा बिरामीको उपचारका लागि त्यसतर्फ लागेका छन्।

केसी सोमबार बिहान नेपालगंजबाट जाजरकोटतर्फ हिँडेका छन्। आइतबार स्वास्थ्यका कारण जान नसकेका डा. केसी सोमबार आफ्ना केही सहयोगिसहित जाजरकोट गएका हुन्।

केही दिन पहिला जनताको स्वास्थ्यसँग राज्यले खेलवाड गरेको भन्दै १२ दिन लामो आमरण अनसन बसेका डा. केसीको जाजरकोटमा महामारी फैलिदा बेखबर बनेको भन्दै आलोचना भइरहेको थियो । अन्ततः राज्यले महामारी नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकिरहेका वेला डा. केसी आफ्नो व्यक्तिगत प्रयासमा महामारी क्षेत्रमा पुग्न लागेका हुन्।

डा. केसीले महामारी क्षेत्रका लागि भन्दै आइतबार नै त्यसतर्फ औषधि पठाइसकेका छन् । डा. केसी सोमबार साँझसम्म जाजरकोट सदरमुकाम खलंगामा पुग्नेछन् ।

यस्तै मंगलबारदेखि उनले प्रभावित क्षेत्रमा गएर बिरामीको उपचार सुरु गर्नेछन् । लामो समयसम्म अनसन बसेका कारण कमजोर बनेको डा. केसीलाई चिकित्सकहरुले प्रभावित क्षेत्रमा नजान सल्लाह दिएको भएपनि उनी जनताको स्वास्थ्य ठूलो भन्दै जाजरकोटतर्फ लागेका हुन्।

तीन सातादेखि जाजरकोटमा फैलिएको महामारीका कारण हालसम्म २५ जनाले ज्यान गुमाइ सकेका छन् । अहिले पनि एक हजार भन्दा बढी बिरामीहरु रहेका छन् ।

प्रतिकृया

प्रतिकृया