दुधरास,
१३-असार  /  २०७१ साल भदौ ५ गतेदेखि पुल निर्माण शुरु भएको पत्रेखोला पुलमा हालसम्म दुईवटा पिलर मात्रै उभिएका छन् ।

२०७४ भदौ ९ गतेसम्म पुल निर्माणको काम सम्पन्न हुने भनिएपनि पत्रेखोला पुल अहिलेसम्म बन्न सकेको छैन् ।

पुल निर्माणको काम अलपत्र छ । पत्रेखोला पुल निर्माणंगै बबई, कटुवा, गुज्र र संक्रामखोलाका पुल शुरु भएका हुन् ।

बबई, कटुवा, गुर्जे,संक्राम खोलाको पुलबाट आउँदो बर्षातमा गाडी चल्छन्, की भन्ने आशा पलाएको छ । तर पत्रेखोलाको पुल निर्माण भने ६ बर्षमा दुई पलरमै सीमित छ ।

निर्माण कम्पनिको लापरवाही, सडक डिभिजन कार्यालयको मौनता र सरकारको वेवास्ताले पत्रेखोला पुल पाँच बर्षदेखि वेवारिसे अबस्थामा अलपत्र परेको छ ।

डिजाइन बनाउँदै कम्पनी
प्रिस्टेज प्रविधिमा पत्रेखोलामा पुल निर्माण गर्न लागिएपनि निर्माण कम्पनीले आबश्यक डिजाईन तयार गर्न नसक्दा पुल निर्माण हुन नसकेको सडक डिभिजन कार्यालय दाङको भनाई छ ।

पुल निर्माणको जिम्मा लिएको शंकरमाली निर्माण सेवाले पुल निर्माणको लागि आबश्यक डिजाईन बनाउन नसक्दा पुल निर्माण हुन नसकेको सडक डिभिजन कार्यालयका सूचना अधिकारी क्षितिज पोख्रेलले बताए ।
स्रोत : गिरिराज नेपाली /  नयाँ युगवोध दैनिक 

प्रतिकृया

प्रतिकृया