दाङ,
१३-असार /  घोराही उपमहानगरपालिकाले बजारमा रहेका सडकहरुमा पुनः कालोपत्रे गर्नका लागि जिम्मा दिएको निर्माण कम्पनीले गुणस्तरहीन काम गरेको छ ।

असार महिनामा पुनः गरिएको कालोपत्रे एकदिनमै उम्किएको मात्र छैन, सडकमा यात्रा गर्ने सबैजसोलाई सास्ती दिएको छ ।

सडक पुनः निर्माणमा निर्माण कम्पनीले चरम लापरवाही गरेर गुणस्तरहीन काम गरेपछि सर्वसाधारणमा व्यापक गुनासो बढेको छ ।

सर्वसाधारणले सामाजिक सञ्जालमा यस्तो कार्यको खुलेर विरोध गरिरहेका छन् । घोराही बजारका बिभिन्न सडकहरुमा गरिएको रिसिलिङ कालोपत्रेका ७२ लाख रुपैया खर्च भएको छ, तर त्यो बजेट बालुवामा पानी भएको छ ।

त्यति मात्र होईन् मोटरसाईकललगायतका दुई पाङ्ग्रे सवारी साधनका लागि धराप बनेको छ ।
स्रोत : नवीन अभिलाषी /  गणतन्त्र दैनिक 

प्रतिकृया

प्रतिकृया