घरमा चोर पसेको सूचना दिने यन्त्र निर्माण

घोराही
१५-माघ /  दाङमा एक विद्यार्थीले घरमा चोर पसेको सूचना दिने यन्त्रसहित तीसभन्दा बढी बिभिन्न आविस्कार गरेका छन ।

रुकुमको मुसीकोट ११ भलाक्चा स्यावाङ घर भई हाल पद्यमोदय नमूना माविमा इलेक्र्टिकल इञ्जिनियरिङ तेस्रो वर्षमा अध्यनरत वसन्त ओलीले यस्तो आविस्कार गरेका हुन । नयाँ युगवोध राष्ट्रिय दैनिकले यो समाचार लेखेको छ ।


ADVERTISEMENT

  



ओलीले बनाएका केही उपकरण बिक्रीका लागि समेत बजारमा आइसकेका छन् । मैले बनाएको सबैभन्दा राम्रो उपकरण सेक्युरिटी सिस्टम हो २१ वर्षे ओलीले बताए। यसमा पहिले नै मोबाइल नम्बर सेट गरिएको हुन्छ कोठामा प्रबेश गरो भने मोसन र हिटका अधारमा उसले जुन व्यक्तीको फोन नम्वर लिंक दिइएको हुन्छ उसलाई फोन गर्छ । सम्बन्धित व्यक्तीले फोन उठाएपछि कोठाभित्र भइरहेको गतिविधिको आवाजसमेत सुन्न् सकिने उनले बताए ।

रातिको समयमा पसलमा हुने चोरीको सूचना दिन यो उपकरण सहयोगी बन्ने विश्वाससहित आफूले राम्रो उपकरण तयार पार्न निरन्तर मेहनत गरिरहेको ओलीले वताए ।




प्रतिकृया

प्रतिकृया