देवीराम कुसारी, गोल्टाकुरी,
३-भदौ / नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराहीको २५ औं स्थापना दिवश बिभिन्न कार्यक्रम गरि मनाईएको छ । स्थापना दिबशको अबसरमा दंगिशरण २ नमुना वस्तिमा सरसफाई कार्यक्रम गरिएको हो । कार्यक्रम अन्तरगत शान्ति दुत देविराम कुसारीको नेतृत्वमा नमुना वस्तिको प्रतिक्षालयमा झाडी तथा अन्य सरसफाई गरिएको छ ।

कार्यक्रममा सेवा केन्द्रका मानो सामाजिक विमर्षकर्ता लक्ष्मी ढकाल, लोखापाल अर्चना शर्मा, वडा सदस्य संगीता धौलाकोटी, शान्ति स्वयम सेवक लगायतको सहभागिता रहेको थियो ।

यसैबीच दंगिशरण १ वाँकिमा पनि अन्तरक्रिया तथा छात्रवृति वितरण कार्यक्रम भएको छ । लघुवित्त काक्र्रमको समूह अध्यक्ष मिरा चौधरीको अध्यक्षता तथा वडा अध्यक्ष श्रीप्रशाद चौधरीको प्रमुख आतिथ्यता एंव विद्यालयका प्रधानाध्यपक डम्वर वहादुर वस्नेतको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

ADVERTISEMENT


  


 


त्यस अवसरमा कार्यपालिका सदस्य हरिप्रशाद कक्रेल, सेवा केन्द्रका विपना गौतम, भुमा लामिछानेलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमा विद्यालयमा अध्ययनरत अतिविपन्न चार जना वालवालिकालाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया