लक्ष्मण बस्नेत, दाङ
जेठ-२३ /  दाङको तुलसीपुरमा शुक्रबार देखि सुरु हुने अन्तर बिधालय स्तरिय फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ । 

तुलसीपुर युथ क्लबको आयोजनामा अरनिको खेल मैदानमा संचालन हुने प्रतियोगिताको खेलमैदान तयार, खेल तालिका प्रकासित लगाएतको अन्तिम तयारी पूरा भएको आयोजकले जनाएको छ ।

 बिधालय स्तरमा फुटसल खेलकुदको पहुँच अभिवृद्धि गर्ने र नव प्रतिभाहरुलाई फुटसल खेलमा स्थापित गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको उद्घाटन बिहान सात बजे हुनेछ । उद्घाटन खेलमा शारदा सिस्ने बोर्डिङ स्कुल र माबी सेन्टर तुलसीपुर भिड्नेछन् ।


ADVERTISEMENT

  



 खेल बिहान ८ बजे देखि सुरु हुनेछ । प्रतियोगितामा तुलसीपुर नगर क्षेत्रका निजि तथा सामुदायिक बिधालय गरि २० टिमको सहभागिता रहेको क्लबका अध्यक्ष बरुण कुमार श्रेष्ठले जानकारी दिएका छन । दुई दिन सम्म चल्ने प्रतियोगिताको बिजेताले नगद १५ हजार ट्रफी मेडल, प्रमाणपत्र तथा उपबिजेताले नगद १० हजार ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्नेछन् ।

त्यस्तै सोही अबसरमा उत्कृष्ट खेल प्रदर्शन गर्दै म्यान अफ द म्याच हुने खेलाडिलाई जर्सी प्रदान गरिने छ ।  यसैबिच आयोजक क्लबका अध्यक्ष बरुण कुमार श्रेष्ठ र कोषाध्यक्ष दुर्गा राजलवटले प्रतियोगिताको उद्घाटन समारोहमा उपस्थितिका लागि खेलप्रेमी, खेलाडी,पत्रकार लगाएत सबैमा अनुरोध गरेका छन  ।

प्रतिकृया

प्रतिकृया