जयन्ती चौधरी,तुलसीपुर
३१ जेठ  / दाङको शान्तिनगर ४ गब्दुवामा ट्याक्सी दुर्घटना हुँदा ११ जना यात्रु घाईते भएका छन् ।

घाईते मध्ये दुईजनाको अबस्था गम्भीर छ ।  गम्भीर घाईते शान्तिनगर १ की  ३९ बर्षीया खिमा ओलीको हात खुट्टा र टाउकोमा चोट लागेको छ  , भने सोही ठाउँकी ५० बर्षीया छबी डाँगीको टाउकोमा चोट लागेको छ । उनीहरुको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगंज लगिएको चिराघाट प्रहरी चौकीका प्रमुख भरतनाथ योगीले बताए ।

अन्य ९ जनाका भने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ ।  शान्तिनगर १ निवासी पुर्णकली राना, अनिता राना, संजय नेपाली,मन्तरी सोमै,भिमा घर्ती, टिका दर्लामी, डम्बर पुन, देबिका ओली र आयुशा दर्लामी बसन्ता रहेका छन ।


ADVERTISEMENT

   


शुक्रबार दिउसो तुलसीपुरबाट खिलतपुर जादै गरेको लु १ ज ११९१  नम्बरको यात्रुबहाक ट्याक्सी दुर्घटनामा परेको हो ।ट्याक्सी चालक टिकाराम खत्रीलाई प्रहरीले  नियन्त्रणमा लिएको छ।

प्रतिकृया

प्रतिकृया