तुलसीपुर
६ असार/ मालपोत कार्यालय तुलसीपुरका प्रमुख नरेश खड्काले रचना गरेको ‘तिमिसंग’ बोलको आधुनिक गीत बजारमा आएको छ ।

उक्त गीतमा चर्चित गायक प्रमोद खरेलले स्वर दिएका छन् । उक्त गीतलाई कृष्ण फिल्म मार्फत बजारमा ल्याईएको हो । जुन गीतमा संगीत चर्चित संगीतकार राजकुमार बगरले गरेका हुन् ।

उक्त गीतमा मोडल बिक्रम बढाथोकी, अन्जु चौलागाई र राजन आलेको दमदार अभिनय गरेका छन् । जसमा बाबु राजा केशीले निर्देशन गरेका हुन्, भने छायाँकन मधुर बस्नेतले गरेका छन् ।


ADVERTISEMENT

 



संगीत संयोजन कमल सौरागले गरेका छन् । उक्त भिडियोको सम्पादन नबिन निरौलाले गरेका हुन् ।

प्रतिकृया

प्रतिकृया