तुलसीपुर,
१८-चैत /   तुलसीपुरनगर जेसिजका पदाधीकारीहरुले खाजा खर्च कटाएर बिभिन्न निकायलाई ५५ थान पिपिई वितरण गरेका छन् ।

अहिले जिल्लामा पिपिई अभाबमा कोरोना भाइरस(कोभिड–१९) का शंकास्पद विरामीको उपचार तथा सुरक्षामा खटिने प्रहरी टोली असुरक्षित भएको गुनासो आएकाले तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रबद्र्धन महाशाखा, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, ईलाका प्रहरी कार्यालय तुलसीपुर, ट्राफिक प्रहरी कार्यालय तुलसीपुर र यस क्षेत्रका एम्बुलेसन्स चालकलाई ब्यक्तिगत सुरक्षाकालागि पिपिई वितरण गरिएको अध्यक्ष मोहन सुनारले बताए ।

सम्बन्धि संस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई उक्त पिपिई सहयोग गरेको उनको भनाई छ । जेसिजकै टोलीले गरीब तथा असहाय समूदायलाई लकडाउनमा पर्ने समस्यालाई मध्येनजर गरि ३० हजार बराबरको खाद्यान्न समेत सहयोग गर्ने भएको छ ।

प्रतिकृया

प्रतिकृया