अञ्जना चौधरी, तुलसीपुर
१२ – जेठ / दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ निवासी कोरोना संक्रमितको डिस्चार्ज भएको छ । बहिनी बहिनी जुवाँईलाई उपचारका लागि काठमाडौ लगेको समयमा कोरोना संक्रमण पुष्टि भएका उनको आईतबार डिस्चार्ज गरिएको हो ।

लगातार तीन पटकको रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको तुलसीपुर उपमहानगरपालिकाका कोभिड–१९ फोकल पर्सन बिमल केसीले जानकारी दिए ।

संक्रमण पुष्टि भएसंगै काठमाडौँ स्थित टेकु अस्पतालको आईसोलेसनमा राखिएको थियो । उनलाई दाङ ल्याउने तयारी भईरहेको केसीले बताए । उनलाई दाङ ल्याएर कवारेन्टाईनमा राखिने केसीले बताए । जेठ २ गते कोरोना पोजेटिभ भएका उनलाई अस्पतालबाट डिस्चार्ज भए पनि सवारी साधन नपाउदा उनलाई टेकु अस्पाताल मै राखिएको छ ।

प्रतिकृया

प्रतिकृया