तुलसीपुर,
१ कात्तिक/
तुलसीपुर उपहानगरपालिका वडा नं. ८ मा निर्माण हुने लागेको नवदुर्गा मन्दिरको राष्ट्रिय सभा सदस्य कोमल ओलीले शनिबार भुमि पुजा गरी शिलान्यास गरेकी छन् । मन्दिर शिलान्यास समारोहलाई सम्बोधन गर्दै ओलीले बहुधार्मिक, बहुसांस्कृतिक पहिचान भएको मुलुकमा धार्मिक महत्व पनि त्यतिकै रहेको बताईन् ।


                                                                                 ADVERTISEMENT



उनले असत्य माथि सत्यको विजयका रुपमा मनाईने हिन्दुहरुको महान पर्व विजया दशमी धार्मिक र सांस्कृतिक पर्व भएको उल्लेख गरिन् । देवीमाताहरुलाई रक्षा कवज दुर्गाका रुपमा पुजा गरिने भएकाले पनि नवदुर्गा रक्षाकर्ता भएको धार्मिक विस्वास रहेको उनको भनाई छ ।

ओलीले छोरीलाई देवीको रुपमा पुजा गर्ने धार्मिक मान्यता भए पनि आजका दिनमा जसरी हाम्रो छोरीहरु हिंसामा परेकी छिन्, त्यो निकै चिन्ताको विषय रहेको भन्दै चिन्ता व्यक्त गरेकी छिन् । साथै ओलीले मन्दिर निर्माणका लागि १५ हजार आर्थिक सहयोग समेत गरेकी छन् ।

प्रतिकृया

प्रतिकृया